नेपाल र बरोडा खेल्दै, अपराजित रहँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल

२०८० चैत्र २३, शुक्रबार ०७:०८

काठमाडौं । भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज(शुक्रबार) बरोडा क्रिकेट एसोसिएसनको टिमसँग खेल्दैछ ।

खेल भारतको गुजरातमा नेपाली समय अनुसार दिउँसो पौने ३ मा सुरु हुनेछ ।

यस खेलमा जित निकाल्दै नेपाल अपराजित रहँदै फाइनल प्रवेशको लक्ष्यमा रहेको छ । बुधबार नेपालले गुजरातलाई पराजित गर्दै एक खेल अगावै फाइनलमा स्थान पक्का गरेको थियो ।

बरोडाको टोलीमा रन्जी ट्रफी, विजयहजारे ट्रफी लगायतका भारतका चर्चित घरेलु खेलमा सहभागी खेलाडी रहेका छन् ।

बरोडा, गुजरात र नेपाल सम्मिलित फ्रेन्डसिप कपका लागि नेपाल भारतको गुजरातमा रहेको छ । पहिलो खेलमा आइतबार नेपालको गुजरात क्रिकेट एसोसिएसनको टोलीलाई पराजित गरेको थियो । दोस्रो खेलमा बरोडालाई २७ रनले हराएको नेपालले तस्रो खेलमा गुजरातमाथि ८ रनको जित निकाल्दै फाइनलमा स्थान पक्का गरेको थियो ।

समूह चरणमा शीर्ष दुईमा रहने टोलीका बीचमा फाइनल खेल हुनेछ । चैत २५ मा कपको फाइनल खेलमा नेपालले गुजरातको टोलीसँग खेल्ने पक्का भईसकेको छ ।

यस खेललाई एसीसी प्रिमियर कपको तयारीका स्वरुप हेरिएको छ । एसीसी प्रिमियर कप १२ अप्रिल देखि २१ अप्रिलसम्म ओमानमा आयोजना हुदैछ ।

नेपाली टोली

रोहितकुमार पौडेल(कप्तान), कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, सन्दीप जोरा, विवेक यादव, गुलसन झा, अनिल शाह, दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी, प्रतिश जिसी, आकाश चन्द, करण केसी, सोमपाल कामी, अभिनास बाहोरा ।

 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy