बटलरको शतकमा राजस्थानको जित, राजस्थान शीर्ष स्थानमा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल) को १९ औं खेलमा विराट कोहलीको शतकको बाबजुद रोयल च्यालेन्जर्स बेंगलुरु राजस्थान रोयल्ससँग पराजित भएको छ ।

घरेलु मैदान सवाईमान सिंह क्रिकेट स्टेडियममा पाँचौ खेलमा चौथो जित हात पार्ने क्रममा राजस्थान ६ विकेटले विजयी भयो ।

बेंगलुरुले दिएको १ सय ८४ रनको लक्ष्य घरेलु टोलीले १९ दशमलब १ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।

राजस्थानका लागि जोस बटलरले ५८ बलमा ९ चौका र ४ छक्काको सहयोगमा अविजित १ सय रनको शतकीय ईनिङ खेले । करियरको छैटौं आइपीएल शतक बटलरले ५८ बलमा पुरा गरेका थिए । आफ्नो एक सयौं आईपीएल खेलमा शतक प्रहार गर्ने बटलर दोस्रा खेलाडी हुन् । यस अघि केएल राहुलले यो सफलता प्राप्त गरेका थिए ।

कप्तान सन्जु सामसनले ४२ बलमा ८ चौका र २ छक्काको सहयोगमा ६९ रनको अर्धशतकीय ईनिङ खेले । । ओपनर यसश्वी जैसवाललाई पहिलो ओभरमा नै गुमाएको राजस्थानका लागि दोस्रो विकेटका लागि राम्रो साझदारी भएपछि टिम विजयीसम्म पुग्न सफल भयो ।

दोस्रो विकेटका लागि कप्तान सामसन र बटलरले १ सय ४८ रनको शतकीय साझेदारी भएको थियो । शिमरन हिटमायरले ६ बलमा २ चौकाको सहयोगमा अविजित ११ रन बनाए । रियान परागले ४ बलमा १ चौकाको सहयोगमा ४ रन बनाए ।

बेंगलुरुका लागि रिच टोप्लीले दुई तथा यस दयाल र मोहम्मद सिराजले समान एक एक सफलता दिलाएका थिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाहुना टोलीले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १ सय ८३ रन बनाएको थियो ।

बेंगलुरुका लागि विराट कोहलीले ७२ बलमा १२ चौका र ४ छक्काको सहयोगमा अविजित १ सय १३ रनको शतकीय ईनिङ खेले । आइपीएल ईतिहासमा आफ्नो आठौं शतक कोहलीले ६७ बलमा पुरा गरेका थिए । यो सिजनको यो नै पहिलो शतक रहेको थियो । कोहलीको यो शतक आइपीएल ईतिहासकै सबैभन्दा धेरै बलमा बनेको शतक बन्न पुगेको थियो ।

कप्तान फाफ डु प्लेसिसले ३३ बलमा २ चौका र २ छक्काको सहयोगमा ४४ रन बनाए । पहिलो विकेटका लागि कोहली र फाफले १३ दशमलब ६ ओभरमा १ सय २५ रनको शतकीय साझेदारी गरे । तर, अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउँन सकेनन् ।

ओपनरले दिलाएको सुरुआत अनुसार पछिल्ला क्रमका ब्याटर नचल्दा टोली २ सयको योगफल बनाउने ठूलो अवसरबाट पछि पर्यो । १५ औं ओभर पछि राजस्थानका बलरले राम्रो पुनरागमन गर्दै बेंगलुरुलाई ठूलो योगफल बन्न दिएन ।

राजस्थानका लागि युजभेन्द्र चहलले २ तथा नान्द्रे बर्गरले १ विकेट लिए ।

चौथो खेलमा अपराजित रहेको राजस्थान ८ अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ । पाँचौ खेलमा चौथो हार व्यहोरेको बेंगलुरु पुछारबाट तेस्रो स्थानमा छ ।





थप समाचार

भक्तपुर क्रिकेट संघको साधारण सभा सम्पन्न

भक्तपुर जिल्ला क्रिकेट संघको वार्षिक साधारण सभा सम्पन्न भएको छ । बिहीवार संघका अध्यक्ष डा. मनिष राज पाण्डेको अध्यक्षतामा एक […]

नेपाल पराजित

नेपाल आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा ओमानसँग पराजित भएको छ । क्यानडाको किङ्ग सिटीमा बिहीवार बिहान सम्पन्न खेलमा नेपालमाथि […]

नेपाल पहिले ब्याटिङ गर्दै

ओमानविरुद्ध नेपालले टस हारेको छ । विश्वकप लिग टु अन्तर्गतको क्यानडामा जारी त्रिकोणात्मक ओडिआई सिरिजको दोस्रो खेलमा नेपालले टस हारेको […]

युएईको लगातार हार

आईसिसी विश्वकप लिग टुमा युएईले लगातार हार बेहोरेको छ । नामिबियामा जारी रहेको लिग टु अन्तर्गतको सिरिजमा युएई अमेरिकासॅंग १० […]

नेपाल र ओमान खेल्दै

आईसिसी विश्वकप लिग २ अन्तर्गतको क्यानडामा जारी त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपालले ओमानको सामना गर्दैछ । क्यानडाको किङ्ग सिटीमा हुने […]

क्यानडासँग हार्यो नेपाल

काठमाडौं । विश्वकप लिग टु को क्यानडा सिरिजको पहिलो खेलमा घरेलु टोलीसँग नेपाल पराजित भएको छ । ओडिआई ईतिहासमा क्यानडासँग […]