नेपालले टस हार्यो, कमल बेन्चमा

२०८० चैत्र २५, आईतवार ०९:०७

काठमाडौं । आयरल्यान्ड वल्भ्सविरुद्धको तीन खेलको एक दिवसीय सिरिजको तेस्रो खेलमा नेपालले टस हारेको छ ।

आयरल्यान्ड वल्भ्सका कप्तान निल रकले टस जितेर ब्याटिङ रोजेका हुन् । आयरल्यान्ड वल्भ्सले ब्याटिङ रोजेपछि नेपालले पहिला बलिङ गर्दै छ ।

नेपाली टोलीमा चार परिवर्तन भएको छ । आरिफ शेख, मौषम ढकाल, बसिर अहमद र कमलसिंह ऐरी बेन्चमा रहँदा विकास आग्री, रन्जित कुमार, रुपेश सिंह र अर्जुन कुमालले टिममा मौका पाएका छन् ।

नेपाली प्लेईङ-११

विनोद भण्डारी(कप्तान), अर्जुन कुमाल, देव खनाल, नरेन भट्ट, भीम सार्की, अर्जुन साउद, रन्जित कुमार, साहाब आलम, रुपेश सिंह, रिजन ढकाल, विकाश आग्री ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy