पन्जाबमाथि हैदराबादको जित

काठमाडौं । १७ औं संस्करणको ईन्डियन प्रिमियर लिग(आइपीएल) २३ औं खेलमा सनराइजर्स हैदराबादले पन्जाब किंग्सलाई पराजित गरेको छ ।

पन्जाबको घरेलु मैदान मुल्लानपुरमा भएको खेलमा हैदराबाद २ रनले विजयी भयो ।

हैदराबादले दिएको १ सय ८३ रनको लक्ष्य पछ्याएको हैदराबादले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ८० रन बनाएको थियो ।

पन्जाबका लागि शशांक सिंहले २५ बलमा ६ चौका र १ छक्काको सहयोगमा अविजित ४६ रनको इनिङ खेले । आशुतोष शर्माले १५ बलमा ३ चौका र २ छक्काको सहयोगमा अविजित ३३ रन बनाए । साम करनले २२ बलमा २ चौका र २ छक्काको सहयोगमा २९ रन बनाए ।

हैदराबादका लागि भुवेनेश्वर कुमारले दुई तथा जयदेव उनान्दकड, प्याट कमिसं, टि नटराजन र नितिशकुमार रेड्डीले समान एक एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाहुना टोलीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ८२ रन बनाएको थियो ।

हैदराबादका लागि रेड्डिले ३७ बलमा ४ चौका र ५ छक्काको सहयोगमा ६४ रनको अर्धशतकीय ईनिङ खेले । अब्दुल समादले १२ बलमा ५ चौकाको सहयोगमा २५ रन बनाए । छैटौं विकेटका लागि रेड्डि र समादले २० बलमा ५० रनको साझेदारी गरेका थिए ।

ओपनर ट्राभिस हेडले १५ बलमा ४ चौकाको सहयोगमा २१ रन बनाए । शाहबाज अहमदले ७ बलमा १ चौका र १ छक्काको सहयोगमा अविजित १४ रन बनाए । अभिषेक शर्माले १६ तथा राहुल त्रिपाटीले ११ रन बनाए ।

पन्जाबका लागि अर्शदिप सिंहले चार तथा हर्षल पटेल र साम करनले समान दुई दुई तथा कागिसो रबाडाले एक विकेट लिए ।

पाचौं खेलमा तेस्रो जित निकालेको हैदराबाद छ अंकका साथ पाँचौ स्थानमा छ । पाँचौ खेलमा तेस्रो हार व्यहोरेको पन्जाब छैटौं स्थानमा छ ।

चार खेलमा अपराजित राजस्थान रोयल्स अंक तालिकाको शीर्ष स्थानमा छ । यस लिगमा १० टोलीको सहभागीता रहेको छ ।





थप समाचार

इंग्ल्यान्डमाथि अस्ट्रेलियाको सहज जित

काठमाडौं । ओपनर ट्राभिस हेडको शतक सहयोगमा अस्ट्रेलियाले पहिलो ओडिआई खेलमा इंग्ल्यान्डलाई सहज रुपमा पराजित गरेको छ । अस्ट्रेलिया ५ […]

भक्तपुर क्रिकेट संघको साधारण सभा सम्पन्न

भक्तपुर जिल्ला क्रिकेट संघको वार्षिक साधारण सभा सम्पन्न भएको छ । बिहीवार संघका अध्यक्ष डा. मनिष राज पाण्डेको अध्यक्षतामा एक […]

नेपाल पराजित

नेपाल आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा ओमानसँग पराजित भएको छ । क्यानडाको किङ्ग सिटीमा बिहीवार बिहान सम्पन्न खेलमा नेपालमाथि […]

नेपाल पहिले ब्याटिङ गर्दै

ओमानविरुद्ध नेपालले टस हारेको छ । विश्वकप लिग टु अन्तर्गतको क्यानडामा जारी त्रिकोणात्मक ओडिआई सिरिजको दोस्रो खेलमा नेपालले टस हारेको […]

युएईको लगातार हार

आईसिसी विश्वकप लिग टुमा युएईले लगातार हार बेहोरेको छ । नामिबियामा जारी रहेको लिग टु अन्तर्गतको सिरिजमा युएई अमेरिकासॅंग १० […]

नेपाल र ओमान खेल्दै

आईसिसी विश्वकप लिग २ अन्तर्गतको क्यानडामा जारी त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपालले ओमानको सामना गर्दैछ । क्यानडाको किङ्ग सिटीमा हुने […]