बेंगलुरुमाथि मुम्बईको सहज जित

२०८० चैत्र २९, बिहीबार २३:३०

काठमाडौं । १७ औं संस्करणको ईन्डियन प्रिमियर लिग (आइपीएल) को २५ औं खेलमा मुम्बई इन्डियन्सले रोयल च्यालेन्जर्स बेंगलुरुमाथि सहज जित हात पारेको छ ।

घरेलु मैदान वानंखडे क्रिकेट स्टेडियममा मुम्बईले बेंगलुरुमाथि ७ विकेटको सहज जित दर्ता गरेको हो ।

बेंगलुरुले दिएको १ सय ९७ रनको लक्ष्य मुम्बईले १५ दशमलब ३ ओभरमा ३ विकेट गुमाएर पुरा गर्यो ।

मुम्बईको जितमा ओपनर इशान किशनले ३४ बलमा ७ चौका र ५ छक्काको सहयोगमा ६९ रनको अर्धशतकीय ईनिङ खेले । सुर्यकुमार यादवले १९ बलमा ५ चौका र ४ छक्काको सहयोगमा ५२ रनको अर्धशतकीय ईनिङ खेले ।

अर्का ओपनर रोहित शर्माले २४ बलमा ३ चौका र ३ छक्काको सहयोगमा ३८ रन बनाए । कप्तान हार्दिक पान्ड्याले ६ बलमा ३ छक्काको सहयोगमा अविजित २१ रन बनाए ।

बेंगलुरुका लागि विजयकुमार वैसेक, विल ज्याक र आकाश दिपले समान एक एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बेंगलुरुले कप्तान फाफ डु प्लेसिस,दिनेश कार्तिक र रजत पाटीदारको अर्धशतकको सहयोगमा निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ९६ रन बनाएको थियो ।

बेंगलुरुका लागि कप्तान फाफ डु प्लेसिसले ४० बलमा ४ चौका र ३ छक्काको सहयोगमा ६१ रनको अर्धशतकीय ईनिङ खेले । रजत पाटीदार २६ बलमा ३ चौका र ४ छक्काको सहयोगमा ५० रनको अर्धशतकीय ईनिङ खेले । तेस्रो विकेटका लागि पाटीदार र फाफले ४७ बलमा ८२ रनको महत्वपुर्ण साझेदारी गरे ।

दिनेश कार्तिकले २३ बलमा ५ चौका र ४ छक्काको सहयोगमा अविजित ५३ रनको अर्धशतकीय ईनिङ खेले । फाफ र दिनेशले पाँचौ विकेटका लागि २६ बलमा ४५ रनको साझेदारी गरे ।

मुम्बईका लागि जसप्रित बुमराहले पाँच तथा जेरार्ड कोट्जे, आकाश मढवाल र श्रेयश गोपालले समान एक एक विकेट लिए ।

पाँचौ खेलमा दोस्रो जितका साथ मुम्बई अंक तालिकाको सातौं स्थानमा उक्लिएको छ । छैटौं खेलमा पाँचौ हार व्यहोरेको बेंगलुरु पुछारबाट दोस्रो स्थानमा छ ।

 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy