पन्जाबमाथि राजस्थानको रोमान्चक जित

२०८१ बैशाख १, शनिबार २३:३४

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आईपीएल)मा आज भएको खेलमा राजस्थान रोयल्सले पन्जाब किंग्समाथि रोमान्चक जित हात पारेको छ ।

पन्जाबले दिएको १ सय ४८ रनकाे लक्ष्य राजस्थानले निर्धारित २० ओभरमा १ बल बाँकी रहँदा ७ विकेट गुमाएर पुरा गर्यो ।

राजस्थानको जितमा ओपनर यसश्वी जैसवालले २८ बलमा ४ चौकाको सहयोगमा ३९ तथा सिमरन हिटमायरले १० बलमा अविजित २७ रन बनाए ।

राजस्थान ६ खेलमा ५ खेल जितेर अंक तालिकाको शीर्ष स्थानमा रहँदा पराजित पन्जाब ४ अंकका साथ पुछारबाट दोस्रो स्थानमा छ ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy