बटलरको शतकमा राजस्थानको जित, नारायणको अलराउन्ड प्रदर्शन गयो खेर

काठमाडौं । ओपनर जोस बटलरको शतकको सहयोगमा राजस्थान रोयल्सले कोलकाता नाईटराईडर्सलाई पराजित गर्दै शीर्ष स्थानमा कायमै रहेको छ ।

कोलकाताको घरेलु मैदान इडन ग्रार्डेन क्रिकेट स्टेडियममा भएको खेलमा राजस्थान २ विकेटले विजयी भएको हो ।

कोलकाताले दिएको २ सय २४ रनको लक्ष्य पाहुना टोली राजस्थानले निर्धारित २० ओभरको अन्तिम बलमा पुरा गर्यो ।

राजस्थानका लागि ओपनर जोस बटलरले ५६ बलमा १३ चौका र ६ छक्काको सहयोगमा १ सय ९ रनको शतकीय ईनिङ खेले । रियान परागले १४ बलमा ४ चौका र २ छक्काको सहयोगमा ३४ रन बनाए ।

तेस्रो विकेटका लागि पराग र बटलरले २२ बलमा ५० रनको साझेदारीका साथ टोलीलाई बलियो स्थितीमा पुर्याएका थिए ।

रोभमन पावलले १३ बलमा १ चौका र ३ छक्काको सहयोगमा २६ रन बनाए । सातौं विकेटका लागि बटलर र पावेलले २७ बलमा ५७ रनको साझेदारी गरे ।

कोलकाताका लागि हर्षित राना, सुनिल नारायण र वरुण चक्रवर्तीले समान दुई दुई तथा वैभव अरोरा एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय २३ रन बनाएको थियो ।

कोलकाताका लागि ओपनर सुनिल नारायणले ५६ बलमा १३ चौका र ६ छक्काको सहयोगमा १ सय ९ रनको शतकीय ईनिङ खेले । आइपीएल करियरको पहिलो शतक सुनिलले ४९ बलमा ११ चौका र ६ छक्काको सहयोगमा पुरा गरे ।

आन्द्रे रसेलले १० बलमा २ चौकाको सहयोगमा १३ रन बनाए । चौथो विकेटका लागि नारायण र रसेलले १९ बलमा ५१ रनको साझेदारी गरे । अंगकृष्न रघुवंशीले १८ बलमा ५ चौकाको सहयोगमा ३० रन बनाए । दोस्रो विकेटका लागि नारायण र रघुवंशीले ४३ बलमा ८५ रनको साझेदारी गरे ।

रिंकु सिहले ९ बलमा १ चौका र २ छक्काको सहयोगमा अविजित २० रन बनाए । कप्तान श्रेयस अय्यरले ७ बलमा ११ तथा ओपनर फिलिप साल्टले १३ बलमा १० रन बनाए ।

राजस्थानका लागि आवेश खान र कुलदिप सेन समान दुई दुई तथा ट्रेन्ट बोल्ड र युजभेन्द्र चहलले समान एक एक विकेट लिए ।

सातौं खेलमा छ जितका साथ राजस्थान पहिलो स्थानमा कायमै छ । छ खेलमा दोस्रो हारमा कोलकाता आठ अंकका साथ दोस्रो स्थानमा कायमै छ ।





थप समाचार

अपराजित रहँदै एपीएफ फाइनलमा

काठमाडौं । विभागीय टोली नेपाल एपीएफ क्लब अपराजित रुपमा जारी ललितपुर मेयर्स कपको फाइनल प्रवेश गरेको छ । समूह चरणको […]

राजस्थानमाथि पञ्जाबको जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीइल) अन्तर्गतको ६५ औं खेलमा राजस्थान रोयल्समाथि पञ्जाब किंग्सले जित निकालेको छ […]

अदालतको फैसलालाई सम्मान गर्ने लामिछानेको भनाई, भिडियो सहित

काठमाडौं । बलात्कार मुद्दामा सफाइ पाएका क्रिकेटर सन्दीप लामिछानेले अदालतको फैसलालाई सम्मान गरेर अगाडि बढ्ने बताएका छन् । उच्च अदालत […]

क्यानद्वारा सन्दीपमाथिको निलम्बन फुकुवा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पुर्व कप्तान सन्दीप लामिछानेमाथि लागेको निलम्बन फुकुवा गरेको छ । […]

सन्दीपले पाए सफाई

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले पाटन उच्च अदालत बाट सफाइ पाएका छन् ।

कोशीमाथि बागमतीको जित

काठमाडौं । जारी ललितपुर मेयर्स कपमा बिहिबारको दोस्रो खेलमा वागमती प्रदेशले कोशी प्रदेशलाई पराजित गरेको छ । आफ्नो तेस्रो खेलमा […]