अपराजित रहँदै सेमिफाइनल पुग्न नेपाललाई ७४ रनको लक्ष्य

२०८१ बैशाख ५, बुधबार १५:००

काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कपमा अपराजित रुपमा सेमिफाइनलमा स्थान बनाउँन नेपालले ७४ रनको लक्ष्य पाएको छ ।

ओमानमा टस हारेर पहिले ब्याटिङ गरेको साउदी अरेबियाले निर्धारित ८ ओभरमा ७ विकेट गुमाएर ७४ रन बनायो । गयरातीको वर्षाका कारण खेल ढिला सुरु हुँदा खेल ८ ओभरमा छोड्याईएको थियो ।

साउदी अरेबियाका लागि अब्दुल वाहिदले १६ बलमा ३ चौका र ३ छक्काको सहयोगमा ३७ रन बनाए । साउदीका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउँन सकेनन् ।

नेपालका लागि अभिनास बोहोरा तथा करण केसीले समान दुई दुई तथा ललितनारायण राजवंशी र प्रतिश जिसीले समान एक एक विकेट लिए ।

नेपाल यस खेल अघि नै समूह बिजेताको रुपमा सेमिफाइनल प्रवेश गरिसकेको छ । साउदीलाई सेमिफाइनलमा स्थान बनाउँन यो खेलमा जितको विकल्प छैन ।

 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy