अपराजित रहँदै सेमिफाइनल पुग्न नेपाललाई ७४ रनको लक्ष्य

काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कपमा अपराजित रुपमा सेमिफाइनलमा स्थान बनाउँन नेपालले ७४ रनको लक्ष्य पाएको छ ।

ओमानमा टस हारेर पहिले ब्याटिङ गरेको साउदी अरेबियाले निर्धारित ८ ओभरमा ७ विकेट गुमाएर ७४ रन बनायो । गयरातीको वर्षाका कारण खेल ढिला सुरु हुँदा खेल ८ ओभरमा छोड्याईएको थियो ।

साउदी अरेबियाका लागि अब्दुल वाहिदले १६ बलमा ३ चौका र ३ छक्काको सहयोगमा ३७ रन बनाए । साउदीका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउँन सकेनन् ।

नेपालका लागि अभिनास बोहोरा तथा करण केसीले समान दुई दुई तथा ललितनारायण राजवंशी र प्रतिश जिसीले समान एक एक विकेट लिए ।

नेपाल यस खेल अघि नै समूह बिजेताको रुपमा सेमिफाइनल प्रवेश गरिसकेको छ । साउदीलाई सेमिफाइनलमा स्थान बनाउँन यो खेलमा जितको विकल्प छैन ।

 





थप समाचार

बागमतीलाई सानदार रुपमा हराउदै सुदुरपश्चिम फाइनलमा

काठमाडौं । सम्झना खड्काको शानदार ब्याटिङको सहयोगमा बागमती प्रदेशलाई शानदार रुपमा पराजित गर्दै जारी ललितपुर मेयर्स कपको फाइनलमा स्थान बनाएको […]

विश्वकपमा टस नजितेको नेपाल…

काठमाडौं । नेपालले आगामी जुन २ बाट अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने नवौं संस्करणको टी-२० विश्वकपमा सहभागीता […]

टी-१० को लाइभ मकालु टिभीमा हुने

काठमाडौं । विराटनगरमा आयोजना हुने नेपाल टी-१० प्रतियोगिताको प्रत्यक्ष प्रशारणको अधिकार मकालु टेलिभिजनले लिएको छ । विराटनगर महानगरपालीकाको आयोजनामा हुने […]

नेपालले अमेरिका र क्यानडासँग वार्मअप खेल्ने

काठमाडौं । आगामी महिना वेस्ट इन्डिज र अमेरिकामा आयोजना हुने टी-२० विश्वकपको वार्मअप खेलको खेल तालिका प्रकाशन भएको छ । […]

नेपालको लगातार दोस्रो जित, एक खेल अगाबै सिरिज

काठमाडौं । विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली टोलीले विन्डवर्ड्स भोलक्यान्सविरुद्धको दोस्रो अभ्यास खेलमा पनि जित हात पारेको छ […]

गुजरातसँग अंक बाड्दै हैदराबाद प्लेअफमा

काठमाडौं । वर्षाका कारण टस समेत हुन नसकि गुजरात टाइटन्ससँग अंक बाडेको सनराइजर्स हैदराबाद १७ औं संस्करणको इन्डियन प्रिमियर लिग […]