मल्ल वल्र्ड मास्टर्स लिगको सल्लाहकारमा नियुक्त

२०८१ बैशाख ९, आईतवार ११:३४

काठमाडौं । नेपाल क्रिकेट संघ(क्यान)का पुर्व कार्यवाहक सचिव प्रशान्त विक्रम मल्ल आगामी जुलाइमा आयोजना हुने वल्र्ड मास्टर्स टी-२० लिगको सल्लाहकारमा नियुक्त भएका छन् ।

आगामी जुलाइमा हुने लिगको लागि मल्ललाई सल्लाहाकारमा नियुक्त गरेको आयोजकले जनाएको छ । सकृय खेलाडी जीवनबाट सन्यास लिएका पुर्वक्रिकेटरहरुको सहभागीता रहने यस लिगमा सल्लाहाकारको भुमिकामा रहन पाउँदा खुसी रहेको मल्लले बताए ।

‘विश्वक्रिकेटमा चर्चित नाम बनिसकेका सुरेश रैना तथा क्रिस गेलले सहभागीता जनाउँने लिगमा सल्लाहकारको भुमिकामा पाउनु मेरो तथा नेपाली क्रिकेटकै सफलता हो ।’ मल्लले विकेट नेपालसँग भने ‘यसले नेपाली क्रिकेटको विकासमा समेत योगदान पुर्याउनेमा म लाग्नेछु ।’

यो लिग नेपालमा आयोजना गर्न आफुले पहल गरेको तर रातको समयमा खेल गराउने पुर्वाधार हामीहरुसँग नभएर यो सम्भव हुन नसकेको मल्लले बताए ।

Image

मध्येपुर्वमा हुने लिगको मिती र खेल हुने स्थान भने सार्वजनिक भएको छैन । लिगमा विश्व क्रिकेटमा कुनै समयका चर्चित नामहरु वेस्ट इन्डिजका ग्रिस गेल भारतका सुरेश रैना, मोहमम्द कैफ, पाकिस्तानका साहिद अफ्रिदी, श्रीलंकाका थिसारा परेरा लगायतका क्रिकेटरको सहभागीता रहने छ ।

मल्लका अनुसार यस लिगमा नेपालका पुर्व क्रिकेटर तथा एम्पायरहरुको सहभागीताका विषयमा आफुले पहल गरिरहेको बताए ।

 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy