एसीसी प्रिमियर कप : उपाधीका लागि ओमान र युएई खेल्दै

काठमाडौं । ओमनमा जारी दोस्रो संस्करणको एसीसी प्रिमियर कपको उपाधिका लागि घरेलु टोली र युएई आज भिड्दै छन् ।

खेल नेपाली समय अनुसार दिनको सवा ४ मा सुरु हुनेछ ।

आजको विजेताले २०२५ मा हुने एशिया कपमा सहभागिता जनाउने छ । ओमान यस प्रतियोगितामा अपराजित रहँदै फाइनल पुगेको हो । ओमानले समूह चरणमा कुवेत, युएई, बहराइन र कम्बोडियामाथि जित हात पारेको थियो ।

समुह चरणमा युएईविरुद्ध ओमानले ९ विकेटको जित दर्ता गरेको थियो । यस्तै ओमानले सेमिफाइनलमा हङकङ माथि ५ विकेटको जित हासिल गरेको थियो ।

यस्तै लगातार दोस्रो पटक फाइजल खेल्दै गरेको युएईले समूह चरणमा ओमान बाहेक सबै टोलीलाई हराएको थियो । सेमिफाइनलमा भने युएईले गत संसकरणको फाइनलमा आफूले हार व्यहोरेको टोली नेपालविरुद्ध जित निकाल्दै अर्को उपाधि भिडन्त पक्का गरेको हो ।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]