एसीसी प्रिमियर कप : उपाधीका लागि ओमान र युएई खेल्दै

२०८१ बैशाख ९, आईतवार १२:०१

काठमाडौं । ओमनमा जारी दोस्रो संस्करणको एसीसी प्रिमियर कपको उपाधिका लागि घरेलु टोली र युएई आज भिड्दै छन् ।

खेल नेपाली समय अनुसार दिनको सवा ४ मा सुरु हुनेछ ।

आजको विजेताले २०२५ मा हुने एशिया कपमा सहभागिता जनाउने छ । ओमान यस प्रतियोगितामा अपराजित रहँदै फाइनल पुगेको हो । ओमानले समूह चरणमा कुवेत, युएई, बहराइन र कम्बोडियामाथि जित हात पारेको थियो ।

समुह चरणमा युएईविरुद्ध ओमानले ९ विकेटको जित दर्ता गरेको थियो । यस्तै ओमानले सेमिफाइनलमा हङकङ माथि ५ विकेटको जित हासिल गरेको थियो ।

यस्तै लगातार दोस्रो पटक फाइजल खेल्दै गरेको युएईले समूह चरणमा ओमान बाहेक सबै टोलीलाई हराएको थियो । सेमिफाइनलमा भने युएईले गत संसकरणको फाइनलमा आफूले हार व्यहोरेको टोली नेपालविरुद्ध जित निकाल्दै अर्को उपाधि भिडन्त पक्का गरेको हो ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy