ओमानलाई पराजित गरि युएई एसिया कपमा

२०८१ बैशाख ९, आईतवार २०:११

काठमाडौं । कप्तान मोहम्मद वासिमको शतकको सहयोगमा ओमानलाई पराजित गर्दै युएईले २०२५ को एसीया कपमा स्थान बनाएको छ ।

घरेलु टोली ओमानलाई आइतबार भएको एसीसी प्रिमियर कपको फाइनल खेलमा ओमानलाई ५५ रनले पराजित गर्दै युएईले उपाधि जितेको हो।

यूएईले दिएको २ सय ५ रनको लक्ष्य पछ्याएको ओमानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४७ रन मात्रै बनाउन सक्यो।

ओमानका लागि प्रतिक आठवलेले ३० बलमा ४ चौका र ३ छक्का सहित सर्वाधिक ४९ रन बनाए । खालिद कैल ३०, जिशान मक्सूद १४ र रफिउल्लाह ११ रनमा आउट हुँदा फैय्यज बट २३ रनमा अविजित रहे।

युएईका जुनैद सिद्दिकीले तीन तथा मोहम्मद फारुख र आयान अफजल खानले समान दुई दुई विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय ४ रन बनाएको थियो ।

युएईका कप्तान वसिमले ५६ बलमा ६ चौका र ७ छक्काको सहयोगमा १०० रन बनाए । अलिशान शराफु ३४ र विष्णु सुकुमारन १८ रन बनाए ।

ओमानका बिलाल खानले दुई तथा शकील अहमद र जिशान मक्शूदको नाममा समान एक एक विकेट रह्यो।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy