पञ्जाबमाथि गुजरातको जित

२०८१ बैशाख ९, आईतवार २३:२४

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल)को ३७ औं खेलमा गुजरात टाईटन्सले पञ्जाब किंग्समाथि जित निकालेको छ ।

पञ्जाबको घरेलु मैदान मुल्लापुरमा गुजरातले ३ विकेटको जित निकाल्यो ।

पञ्जाबले दिएको १ सय ४३ रनको लक्ष्य गुजरातले १९ दशमलब १ ओभरमा ७ विकेट गुमाएर पुरा गर्यो ।

गुजरातका लागि कप्तान शुभमन गिलले २९ बलमा ५ चौकाको सहयोगमा ३५ रन बनाए । राहुल तिवातियाले १८ बलमा अविजित ३६ तथा साइ सुदर्शनले ३४ बलमा ३१ रन बनाए ।

पञ्जाबका लागि हर्षल पटेलले तीन तथा लियम लिभिङ्स्टोन दुई विकेट लिए । साम करन, अर्शदिप सिंहले समान एक एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पञ्जाबले २० औं ओभरको अन्तिम बलमा १ सय ४२ रनमा अल आउट भएको थियो ।

पञ्जाबका लागि प्रभसिमरन सिंहले २१ बलमा सर्वाधिक ३५ तथा अर्का ओपनर तथा हरप्रित ब्रारले १२ बलमा ४ चौका र १ छक्काको सहयोगमा २९ रन बनाए ।

टोलीका कप्तान साम करनले १९ बलमा २० रन बनाए । जितेश शर्माले १२ बलमा १३ तथा हरप्रित सिंहले १९ बलमा १४ रन बनाए ।

गुजरातका लागि साइ किशोरले चार तथा मोहित शर्मा र नुर अहमदले समान दुई दुई विकेट लिए ।

आठौं खेलमा चौथो जितका साथ गुजरात छैटौं स्थानमा उक्लिएको छ । आठौं खेलमा छैटौं हारका साथ पञ्जाब पुछारबाट दोस्रो स्थानमा छ ।

 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy