स्टोईनेसको शतकमा चेन्नईमाथि लखनाउको जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल) को ३९ औं खेलमा मार्कस स्टोईनेसको शतक सहयोगमा चेन्नई सुपर किंग्समाथि लखनाउ सुपर जायन्ट्सले जित हात पारेको छ ।

चेन्नईको घरेलु मैदान एम ए चिदम्बरम क्रिकेट स्टेडियममा लखनाउले ६ विकेटको जित निकालेको हो ।

चेन्नईले दिएको २ सय ११ रनको लक्ष्य लखनाउले १९ दशमलब ३ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो ।

लखनाउका लागि मार्कस स्टोईनेसले ६३ बलमा १३ चौका र ६ छक्काको सहयोगमा १ सय २४ रनको शतकीय ईनिङ खेले । आइपीएल करियरको पहिलो शतक उनले ५६ बलमा पुरा गरेका थिए ।

निकोलस पुरनले १५ बलमा ३ चौका र २ छक्काको सहयोगमा ३४ रनको ईनिङ खेले । कप्तान केएल राहुलले १४ बलमा १६ तथा देवदत्त पडिकलले १९ बलमा १३ रन बनाए ।

चेन्नईका लागि मथिशा पथिरानाले दुई तथा मुस्ताफिजुर रहमान र दीपक चहरले समान एक एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय ११ रन बनाएको थियो ।

चेन्नईका लागि ओपनर समेत रहेका कप्तान ऋतुराज गायकवाडले ६० बलमा १२ चौका र ३ छक्काको सहयोगमा अविजित १ सय ८ रनको शतकीय ईनिङ खेले । आइपीएल करियरको देस्रो शतक गायकवाडले ५६ बलमा पुरा गरेका थिए ।

शिभम दुवेले २८ बलमा ३ चौका र ७ छक्काको सहयोगमा ६६ रनको अर्धशतकीय ईनिङ खेले । चौथो विकेटका लागि गायकवाड र दुबेले ४६ बलमा १ सय ४ रनको साझेदारी गरे । रविन्द्र जडेजाले १९ बलमा १७ तथा ड्यारियल मिचेलले १० बलमा ११ रन बनाए ।

लखनाउका लागि मोहसिन खान, यश ठाकुर तथा म्याट हेनरीले समान एक एक विकेट लिए ।

आठ खेलमा पाँचौ जित निकालेको लखनाउ चौथो स्थानमा उक्लिएको छ । आठौं खेलमा चौथो हारकाका साथ चेन्नई पाँचौ स्थानमा झरेको छ ।

यस संस्करणमा दुई टोलीबीचको यो दोस्रो खेल हो । पहिलो खेलमा पनि लखनाउले चेन्नईलाई पराजित गरेको थियो ।





थप समाचार

मुम्बईमाथि लखनाउको जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर (आइपीएल) को ६७ औं खेलमा मुम्बई इन्डियन्सलाई लखनाउ सुपर जायन्ट्सले पराजित गरेको छ […]

बागमतीलाई सानदार रुपमा हराउदै सुदुरपश्चिम फाइनलमा

काठमाडौं । सम्झना खड्काको शानदार ब्याटिङको सहयोगमा बागमती प्रदेशलाई शानदार रुपमा पराजित गर्दै जारी ललितपुर मेयर्स कपको फाइनलमा स्थान बनाएको […]

विश्वकपमा टस नजितेको नेपाल…

काठमाडौं । नेपालले आगामी जुन २ बाट अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने नवौं संस्करणको टी-२० विश्वकपमा सहभागीता […]

टी-१० को लाइभ मकालु टिभीमा हुने

काठमाडौं । विराटनगरमा आयोजना हुने नेपाल टी-१० प्रतियोगिताको प्रत्यक्ष प्रशारणको अधिकार मकालु टेलिभिजनले लिएको छ । विराटनगर महानगरपालीकाको आयोजनामा हुने […]

नेपालले अमेरिका र क्यानडासँग वार्मअप खेल्ने

काठमाडौं । आगामी महिना वेस्ट इन्डिज र अमेरिकामा आयोजना हुने टी-२० विश्वकपको वार्मअप खेलको खेल तालिका प्रकाशन भएको छ । […]

नेपालको लगातार दोस्रो जित, एक खेल अगाबै सिरिज

काठमाडौं । विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली टोलीले विन्डवर्ड्स भोलक्यान्सविरुद्धको दोस्रो अभ्यास खेलमा पनि जित हात पारेको छ […]