नेपाललाई हराउँदै वेस्ट इन्डिजलाई सिरिज

काठमाडौं । नेपाललाई हराउँदै वेस्ट इन्डिज ए ले पाँच खेलको टी-२० सिरिजको चौथो खेलमा जित निकालेको छ ।

टियु क्रिकेट मैदान भएको खेलमा वेस्ट ईन्डिज २८ रनले विजयी भयो । यस खेलमा जित निकालेसँगै वेस्ट इन्डिजले एक खेल अगावै पाँच खेलको टी-२० सिरिज ३-१ ले जितेको छ ।

वेस्ट ईन्डिजले दिएको २ सय १० रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरको अन्तिम बलमा अल आउट हुदै १ सय ८१ रन मात्र बनायो ।

नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ४७ बलमा ७ चौका र ५ छक्काको सहयोगमा ८२ रनको अर्धशतकीय ईनिङ खेले । यस सिरिको तेस्रो खेल खेलेका कप्तान पौडेलले यस अघि एक शतक र एक अर्धशतक बनाए ।

गुलसन झाले बलमा तथा दीपेन्द्रसिंह ऐरीले १३ बलमा १९ रन बनाए । अभिनास बोहोराले ८ बलमा अविजित १७ रन बनाए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिज ए ले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २ सय ९ रन बनाएका थिए ।

वेस्ट इन्डिज ए का लागि आन्द्रे फ्लेचर तथा जोनसन चाल्सले अर्धशतकीय ईनिङ खेले । फ्लेचरले ५४ बलमा ९ चौका र ४ छक्काको सहयोगमा अविजित ८४ रन बनाए । चार्ल्सले ३० बलमा ३ चौका र ६ छक्काको सहयोगमा ५८ रन बनाए । फेबियन एलेनले १९ बलमा २ चौका र ३ छक्काको सहयोगमा अविजित ३३ रन बनाए ।

नेपालका लागि कुशल भुर्तेलले दुई तथा प्रतिश जिसीले एक विकेट लिए ।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]