काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको आगामी महिना अमेरिका तथा वेस्ट इन्डीजमा आयोजना हुने टी-२० विश्वकपमा सहभागीता अन्यौलमा परेको छ ।
अमेरिकी दुताबासले नेपाली क्रिकेटर लामिछानेलाई भिषा दिन अस्विकार गरे पछि उनको सहभागीता अन्यौलमा परेको हो ।
सन्दीपले बुधबार दिउँसो सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफूलाई भिसा नदिएको जानकारी गराएका छन् । अमेरिका र वेष्टइन्डिजमा हुने टी-२० विश्वकप क्रिकेटका लागि अरु नेपाली खेलाडी अमेरिका पुगिसकेका छन् ।