नामिबियाद्वारा ओमान पराजित

काठमाडौं । ओमानमाथि नामिबियाले विश्वकप लिग टू सिरिज अन्तर्गतको खेलमा जित हात पारेको छ ।

लिग टू सिरिज अन्तर्गत स्कटल्यान्डमा जारी ओमान, नामिबिया र घरेलु टोलीबीचको त्रिकोणात्मक सिरिजको दोस्रो खेल नामिबियाले ६ विकेटको जित हात पारेको हो ।

ओमानले दिएको २ सय ३४ रनको लक्ष्य नामिबियाले ४७ दशमलब ४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।

नामिबियाका लागि जेन फ्यालिंकले ८१ बलमा ७३ तथा कप्तान ग्रेहार्ड इरास्मसले ४६ बलमा ३६ रन बनाए । जेजे स्मिथले ३७ बलमा अविजित ४४ तथा माईकल भान लिंगेनले ४१ बलमा ३० रन बनाए ।

ओमानका लागि बिलाल खानले दुई तथा जय ओडेरा र जिशान मक्शुदले समान एक एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको ओमानले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ३३ रन बनाएको थियो ।

ओमानका लागि जिशान मक्शुद र खालीद कैलले समान ५१ ५१ तथा कप्तान अकिव इल्यासले ३९ रन बनाए ।

नामिबियाका लागि बेन सिङ्कन्गोले चार विकेट लिए ।

जितसँगै आठ टोली सहभागी लिग टू को अंक तालिकामा नामिबिया आठ अंकका साथ दोस्रो स्थानमा कायमै छ । लिग टू अन्तर्गत दोस्रो खेलेको ओमान एक अंकका साथ छैटौं स्थानमा छ । क्यानडा आठ अंकका साथ शीर्ष स्थानमा छ । अंकतालिकामा दुई अंकका साथ नेपाल पाँचौं स्थानमा छ ।

लिग टूको शीर्ष चार टोलीले २०२७ हुने ओडिआई विश्वकप छनोटमा स्थान बनाउँने छन् ।





थप समाचार

नेपालले पहिले बलिङ गर्ने, आरिफ बेन्चमा

काठमाडौं । नेपालले क्यानडाविरुद्ध पहिले बलिङ गर्ने भएको छ । । नेपालका कप्तान रोहित कुमार पौडेलले टस जितेर बलिङ रोजेका […]

क्यानडाविरुद्ध नेपालको सम्भावित प्लेईङ-११

काठमाडौं । विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ । नेपाल र […]

अस्ट्रेलिया र इङ्ल्यान्डबीचको सिरिज बराबरी 

अस्ट्रेलिया र इङ्ल्यान्डबीचको टि२० आई सिरिज बराबरीमा सकिएको छ । ३ खेलको टि२० आई सिरिजका लागि इङ्ल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले […]

नेपाल र क्यानडा खेल्दै

विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ । नेपाल र क्यानडाबीचको खेल […]

मधेश प्रदेश क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न

३० भाद्र, बिरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभामा बिरगंजको पर्सामा सम्पन्न भएको छ । कार्यक्रममा मधेश […]

पोखरा एभेन्जर्सको लोगो परिवर्तन

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा सहभागी पोखरा एभेन्जर्सले लोगो परिवर्तन गरेको छ । एभेन्जर्सले सामाजिक सन्जालमार्फत लोगो परिवर्तनको […]