ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ ।

स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले तेस्रो टि ट्वान्टी आई खेलमा ६ विकेटको जित हात पार्दै सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले जित्दा दोस्रो खेल ७० रनले जितेको थियो ।

स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । अस्ट्रेलियाको जितमा क्यामरन ग्रिनले ३९ बलमा २ चौका र ५ छक्काको सहयोगमा नट आउट ६२ रन जोडे ।

कप्तान मिचेल मार्शले २३ बलमा ३१, टिम डेबिडले १४ बलमा २५ तथा ओपनर ट्राभिस हेडले ११ बलमा १२ रन बनाए । स्कटल्याण्डका लागि ब्राड करीले ३ तथा ज्याक जार्भिसले १ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको न्युजिल्याण्डले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ४९ रन जोडेको थियो ।

टोलीका लागि ब्रेन्डन म्याकमुलनले ३९ बलमा ३ चौका र ३ छक्काको सहयोगमा सर्वाधिक ५६ रन जोडे । ओपनर जर्ज मुन्सेले १७ बलमा २५, मार्क वाटले १२ बलमा १८, माईकल लिक्सले ७ बलमा १३ रन जोडे ।

अस्ट्रेलियाका लागि क्यामरन ग्रीनले ३ तथा सन एबोट र आरोन हार्डिले समान २ तथा मार्कस स्टोइनस र एडम जाम्पाले समान १ विकेट लिए ।

 





थप समाचार

नेपाल पहिले ब्याटिङ गर्दै

ओमानविरुद्ध नेपालले टस हारेको छ । विश्वकप लिग टु अन्तर्गतको क्यानडामा जारी त्रिकोणात्मक ओडिआई सिरिजको दोस्रो खेलमा नेपालले टस हारेको […]

युएईको लगातार हार

आईसिसी विश्वकप लिग टुमा युएईले लगातार हार बेहोरेको छ । नामिबियामा जारी रहेको लिग टु अन्तर्गतको सिरिजमा युएई अमेरिकासॅंग १० […]

नेपाल र ओमान खेल्दै

आईसिसी विश्वकप लिग २ अन्तर्गतको क्यानडामा जारी त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपालले ओमानको सामना गर्दैछ । क्यानडाको किङ्ग सिटीमा हुने […]

क्यानडासँग हार्यो नेपाल

काठमाडौं । विश्वकप लिग टु को क्यानडा सिरिजको पहिलो खेलमा घरेलु टोलीसँग नेपाल पराजित भएको छ । ओडिआई ईतिहासमा क्यानडासँग […]

क्यानडाद्वारा पहिलो पटक नेपाल पराजित

काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गतको क्यानडा सिरिजको पहिलो खेलमा घरेलु टोलीसँग नेपाल  १०३ रनको फराकिलो अन्तरले पराजित भएको छ […]

नेपालले पहिले बलिङ गर्ने, आरिफ बेन्चमा

काठमाडौं । नेपालले क्यानडाविरुद्ध पहिले बलिङ गर्ने भएको छ । । नेपालका कप्तान रोहित कुमार पौडेलले टस जितेर बलिङ रोजेका […]