अन्तर विद्यालय इन्डोर : ब्राइट फ्युचर, पशुपति र सुनसरी क्रिस्टलको दोहोरो जित

२०८२ श्रावण २५, शनिबार १०:५७

आइडियल स्पोर्ट्स एकेडेमीको आयोजनामा चौथो अन्तर विद्यालय इन्डोर क्रिकेट लिग इटहरीमा शुक्रबार सुरु भएको छ।

३२ टोलि सहभागी प्रतियोगिता अन्तर्गत इटहरी रंगशाला स्थित इन्डोर क्रिकेट हलमा पहिलो दिन ९ वटा खेल सम्पन्न भएका छन्।

पहिलो खेलमा ब्राइट फ्युचरले अमरट एकेडेमीलाई पराजित गर्यो। यस्तै दोश्रो खेलमा एनडीबिएमले पुर्वान्चललाई पराजित गर्यो। तेश्रो खेलमा बलविकासले अमरटलाई पराजित गर्यो। चौंथो खेलमा पशुपतिले सुष्मालाई पराजित गर्यो। पाँचौ खेलमा सुनसरी क्रिस्टलले बालविकासलाई पराजित गर्यो। छैठौ खेलमा सुष्माले पूर्वान्चललाई पराजित गर्यो।

यस्तै सातौँ खेलमा ब्राइट फ्युचरले सुनसरी क्रिस्टललाई पराजित गर्यो। आठौँ खेलमा पशुपतिले एनडीबिएमलाई पराजित गर्दा नवौं खेलमा सुनसरी क्रिस्टलले अमरटलाई पराजित गर्यो।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई इटहरीमा विगत दुई वर्षदेखि सञ्चालनमा रहेको आइडियल स्पोर्ट्स एकेडेमीमा व्यावसायिक प्रशिक्षकहरूको मार्गदर्शनमा विशेष प्रशिक्षण प्रदान गरिनेछ।

त्यसैगरी, व्यक्तिगत रूपमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई सुनसरी जिल्लाकै पहिलो क्रिकेट स्टोरहरूमध्ये एक “आइडियल स्पोर्ट्स” बाट क्रिकेट किट तथा खेल सामग्री पुरस्कारस्वरूप प्रदान गरिनेछ।

आयोजकका अनुसार, प्रतियोगिता मार्फत स्थानीयस्तरका लुकेका प्रतिभा पहिचान गरी भविष्यमा जिल्ला तथा प्रदेशस्तरको क्रिकेटमा योगदान दिन सक्ने खेलाडी उत्पादन गर्ने लक्ष्य लिइएको छ।

यस लिगको उद्देश्य सुनसरी जिल्लामा ग्रासरुट क्रिकेटको विकास गर्नुका साथै अफ सिजनमा खेलाडीहरूलाई इनडोर खेलमार्फत सक्रिय राख्नु रहेको आयोजकले बताएका छन्। उनीहरूका अनुसार, युवा पुस्तालाई खेलप्रति प्रेरित गर्नु र अभ्यासको निरन्तरता कायम गर्नु प्रतियोगिताको मुख्य ध्येय हो।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy