अन्डर-१९ टिमको २२ वर्षे इतिहासमा शतक बनाउने ५ नेपाली खेलाडीहरु

मलेसियामा जारि यु-१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिता अन्तर्गतको दोश्रो खेलमा शुक्रबार सिंगापुर बिरुद्द २१७ रनको जित हात पार्दा नेपालका रित गौतमले शतक प्रहार गरे।ओपनिंग ब्याटिंग गरेका रित अन्तिमसम्म अविजित रहँदै ११५ रनको महत्त्वपूर्ण पारि खेले। १३७ बलमा उनले १० चौका र १ छक्का प्रहार गरे।

शतक बनाएसँगै रित नेपालको लागि यु-१९ स्तरमा शतक बनाउने पाचौं खेलाडी बनेका छन्। अन्डर-१९ स्तरमा नेपाली ब्याट्सम्यानले शतक बनाएको ४ वर्षपछि हो। अन्तिम पटक राजु रिजालले यु-१९ विश्वकप छनौट २०१५ मा शतक बनाएका थिए।

सन् १९९७ देखि नेपाली अन्डर-१९ टिमले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन थालेको हो। पहिलो सहभागिता पछि २२ वर्षको अवधिमा मात्र ५ नेपाली खेलाडीले मात्र शतक बनाउन सकेका छन्। यहाँ तिनै खेलाडीहरुको बारे चर्चा गरिएको छ।

४. राजु रिजाल (१०१ Vs युगान्डा)

Raju Rijal

सन् २०१५ मा मलेसियामा आयोजना भएको यु-१९ विश्वकप छनोट प्रतियोगितामा राजुले शतक बनाएका थिए। प्रतियोगितामा नेपालको दोश्रो खेलमा युगान्डासँग १०१ रनको महत्त्वपूर्ण पारि खेलेपछि नेपालले १७१ रनको फराकिलो जित निकालेको थियो। ११५ बलको सामना गरेका उनले ७ चौका र १ छक्का हानेपछि नेपालले पहिले ब्याटिंग गर्दै २४२/७ बनाएको थियो। युगान्डा मात्र ७१ रनमा समेटिन पुग्यो।

प्लेयर अफ द म्याच घोषित कप्तान राजुले तेस्रो विकेटको लागि योगेन्द्र कार्की (३०) सँग ८४ रन र चौथो विकेटको लागि आरिफ शेख (५४) सँग ९० रनको साझेदारी गरेका थिए। यस प्रतियोगितामा नेपाल विजेता बन्दै सन् २०१६ को यु१९ विश्वकपको लागि छानिएको थियो।

३. फैजरुल रहमान खान (१०१ Vs ओमान)

Fazlur Rahman

सन् २०११ मा थाईल्याण्डको बैंककमा आयोजना भएको आठौँ एसीसी यु-१९ इलाइट कप क्रिकेटमा शतक बनाउदै फैजरुल नेपालको लागि यु-१९ क्रिकेटमा शतक बनाउने तेस्रो खेलाडी बनेका थिए।

उनले ओमान बिरुद्द ९९ बलमा १० चौका सहित १०१ रनको महत्त्वपूर्ण पारि खेलेका थिए। नेपालले ४ विकेट गुमाएर ३९१ रन बनाएको थियो। ओमान मात्र ८७ रनमा समेटीदा नेपालले ३०४ रनको जित निकालेको थियो।

प्लेयर अफ द म्याच घोषित फैजरुल खानले पहिलो विकेटको लागि सुबास खकुरेल (२२) सँग ८१ रन, दोश्रो विकेटको लागि सागर पुन (८३) सँग ११० रनको साझेदारी गरेपछि एलबिडब्ल्यु आउट भएका थिए। त्यसपछि प्रदीप ऐरी (४० बल ८६ रन), पृथु बास्कोटा (१२ बल २०* रन) र नरेश बूढाएर (१७ बल ३७* रन) ले आक्रामक इनिंग खेलेका थिए। नेपाल फाइनलमा अफगानिस्तानसँग पराजित हुँदै उपविजेता बनेको थियो।

२. कनिष्क चौगाईं (१२५ Vs माल्दिभ्स)

Kaniska Chaugai

सन् २००३ मा पाकिस्तानको कराँचीमा आयोजना भएको युथ एसिया कपको समूह चरण अन्तर्गत माल्दिभ्सबिरुद्द कनिष्क चौगाईंले शतक बनाएका थिए। टस जितेर पहिले ब्याटिंग गरेको नेपालले कनिष्ककै शतकमा यु-१९ क्रिकेटको हालसम्मकै सर्वाधिक ठुलो ३९१ रनको योगफल बनाएको थियो। ओपनर कनिष्कले १०९ बलको सामना गर्दा १५ चौका र १ छक्काको मद्दतमा १२५ रन बनाएका थिए। त्यस्तै कप्तान शक्ति गौचन र यसवन्त सुबेदीले अर्धशतक बनाएका थिए।

बलिंगमा लाक्पा लामाले मात्र ५ रन खर्चेर ३ विकेट, शक्ति गौचन, इरफान अहमद र मन्जित श्रेष्ठले समान २/२ विकेट लिंदा माल्दिभ्स ४७ रनमा समेटिन पुग्यो र नेपालले ३४४ रनको फराकिलो जित निकाल्यो। फाइनलमा मलेसियालाई ३० रनले हराउंदै नेपालले उपाधी जितेको थियो।

१. शक्ति गौचन (१०० Vs माल्दिभ्स)

Shakti Gauchan

शक्ति गौचन नेपालको लागि अन्डर-१९ स्तरमा शतक बनाउने पहिलो तथा नेपालको लागि अन्तरास्ट्रिय क्रिकेटमा शतक बनाउने दोश्रो खेलाडी हुन्। यसअघि सन् २००१ को यु-१७ एसिया कपमा मनिक श्रेष्ठले सिंगापुर बिरुद्द अविजित ११३ रन (१३४ बल) बनाएका थिए। शक्तिले सन् २००१ मा काठमाडौंमा आयोजित एसीसी यु-१९ कप क्रिकेट प्रतियोगितामा माल्दिभ्स बिरुद्द शतक बनाएका थिए। उनले उक्त खेलमा १०० रनको पारि खेलेका थिए भने नेपालले प्रतियोगिताको उपाधी जितेको थियो।





थप समाचार

आस्थालाई पराजित गर्दै प्यारामाउन्टले जित्यो नेसनल हाइस्कुल च्याम्पियनसिपको राष्ट्रिय फाइनल

काठमाडौं। आस्था कलेजलाई पराजित गर्दै प्यारामाउन्ट कलेजले नेसनल हाइस्कुल च्याम्पियनसिप (एनएचसी) को राष्ट्रिय फाइनल जितेको छ। तल्लो मूलपानी मैदानमा शनिबार […]

दिपेन्द्र सिंह ऐरीले डिसिएबाट अर्जुन ट्रफी खेल्ने

नेपाली अलराउण्डर दिपेन्द्र सिंह ऐरीले डिसिएबाट अर्जुन ट्रफी खेल्ने भएका छन् । धनगढीमा जारी प्रतियोगिताको सेमिफाईनल पुगेको डिसिए धनगढीले ऐरीलाई […]

अर्जुन ट्रफीः कुशल भुर्तेलको अलराउण्ड प्रदर्शनमा डडेल्धुरा फाईनलमा

कैलाली, माघ २६ नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य कुशल भुर्तेल चम्किएपछि फेण्ड्स युथ क्लब डडेल्धुरा क्रिकेटको शहर धनगढीमा भईरहेको अर्जुन […]

ग्रेट हिमालय काठमाडौं छनोटको उपाधि फाइनलमा

काठमाडौँ । ग्रेट हिमालय क्रिकेट एकेडेमी प्रधानमन्त्री कप पुरुष क्रिकेट काठमाडौं जिल्ला छनोटको उपाधि नजिक पुगेको छ। मूलपानीको माथिल्लो क्रिकेट […]

आगामी पाँच वर्षभित्र नेपालले टेस्ट क्रिकेट खेल्छ : आसिफ शेख

काठमाडौँ । नेपाली क्रिकेटको विकास र भविष्यबारे विशेष चर्चा गरिएको नेपाल क्रिकेटस् संघर्षदेखि सफलताको उत्सवसम्म कार्यक्रम बिहिवार राजधानीमा सम्पन्न भएको […]

क्रिकेट एक्सिलेन्स सेन्टर फाइनलमा

काठमाडौं । महावीर स्टडिज एन्ड एथलेटिक्स सेन्टरलाई हराउँदै क्रिकेट एक्सिलेन्स सेन्टर फाइनलमा प्रवेश गरेको छ। माथिल्लो मुलपानी क्रिकेट मैदानमा शुक्रबार […]