बागमतीलाई सानदार रुपमा हराउदै सुदुरपश्चिम फाइनलमा

काठमाडौं । सम्झना खड्काको शानदार ब्याटिङको सहयोगमा बागमती प्रदेशलाई शानदार रुपमा पराजित गर्दै जारी ललितपुर मेयर्स कपको फाइनलमा स्थान बनाएको छ ।

टियु क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा सुदुरले १ सय ९ रनको शानदार जित हासिल गर्यो ।

सुदुरपश्चिमले दिएको १ सय ५८ रनको लक्ष्य पछ्याएको बागमती १६ दशमलब १ ओभरमा अल आउट हुँदै ४८ रन मात्र बनाउँन सक्यो ।

बागमतीका लागि कृष्मा गुरुङले २३ बलमा १६ रन बनाउँनु बाहेक बागमतीका कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

बागमतीलाई कम रनमा रोक्न सुदुरपश्चिमका लागि रितु कनौजियाले तीन तथा कविता जोशी र लक्ष्मी साउदले समान दुई दुई विकेट लिईन् ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदुरपश्चिमले निर्धारित २० ओभरमा २ विकेट गुमाएर १ सय ५७ रन बनाएको थियो ।

सुदुरपश्चिमका लागि ओपनर सम्झना खड्काले ४७ बलमा १० चौकाको सहयोगमा अविजित ७४ रनको अर्धशतकीय ईनिङ खेलिन् । कप्तान विन्दु रावल र रुवि पोदारले समान २८२८ रन बनाए । कविता जोशी १४ बलमा २० रन बनाउँदै अविजित रहिन् ।

बागमतीका लागि कृष्मा गुरुङले १ विकेट लिईन् ।

यो जितसँगै सुदुरपश्चिमले फाइनलमा स्थान बनाएको छ । शनिबार हुने फाइनल खेलमा सुदुरपश्चिमले अपराजित रहँदै फाइनल पुगेको नेपाल एपीएफको सामना गर्ने छ ।





थप समाचार

नामिबियामाथि स्कटल्यान्डको सहज जित

काठमाडौं । नामिबियामाथि स्कटल्यान्डले विश्वकप लिग टू सिरिज अन्तर्गतको खेलमा सहज जित हात पारेको छ । लिग टू सिरिज अन्तर्गत […]

पहिलो दिन नै खस्यो १३ विकेट

काठमाडौं । वेस्ट ईन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिनको खेलमा १३ विकेट खसेको छ । पहिलो दिन […]

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]