बागमतीलाई सानदार रुपमा हराउदै सुदुरपश्चिम फाइनलमा

२०८१ जेष्ठ ४, शुक्रबार १२:१६

काठमाडौं । सम्झना खड्काको शानदार ब्याटिङको सहयोगमा बागमती प्रदेशलाई शानदार रुपमा पराजित गर्दै जारी ललितपुर मेयर्स कपको फाइनलमा स्थान बनाएको छ ।

टियु क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा सुदुरले १ सय ९ रनको शानदार जित हासिल गर्यो ।

सुदुरपश्चिमले दिएको १ सय ५८ रनको लक्ष्य पछ्याएको बागमती १६ दशमलब १ ओभरमा अल आउट हुँदै ४८ रन मात्र बनाउँन सक्यो ।

बागमतीका लागि कृष्मा गुरुङले २३ बलमा १६ रन बनाउँनु बाहेक बागमतीका कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

बागमतीलाई कम रनमा रोक्न सुदुरपश्चिमका लागि रितु कनौजियाले तीन तथा कविता जोशी र लक्ष्मी साउदले समान दुई दुई विकेट लिईन् ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदुरपश्चिमले निर्धारित २० ओभरमा २ विकेट गुमाएर १ सय ५७ रन बनाएको थियो ।

सुदुरपश्चिमका लागि ओपनर सम्झना खड्काले ४७ बलमा १० चौकाको सहयोगमा अविजित ७४ रनको अर्धशतकीय ईनिङ खेलिन् । कप्तान विन्दु रावल र रुवि पोदारले समान २८२८ रन बनाए । कविता जोशी १४ बलमा २० रन बनाउँदै अविजित रहिन् ।

बागमतीका लागि कृष्मा गुरुङले १ विकेट लिईन् ।

यो जितसँगै सुदुरपश्चिमले फाइनलमा स्थान बनाएको छ । शनिबार हुने फाइनल खेलमा सुदुरपश्चिमले अपराजित रहँदै फाइनल पुगेको नेपाल एपीएफको सामना गर्ने छ ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy