नेपाल पाँच विकेटले पराजित

काठमाडौँ । आइसिसी महिला यु–१९ टी–२० विश्वकपको आफ्नो पहिलो खेलमा नेपालले बंगलादेशसँग पाँच विकेटले पराजित भएको छ।

नेपालले दिएको ५३ रनको लक्ष्य बंगलादेशले १३.२ ओभरमा ५ विकट गुमाउँदै पूरा गर्यो।

बंगलादेशको लागि सादिया इस्लामले सर्वाधिक १६ रन बनाउँदा आफिया आसिमा इरान ९, कप्तान सौमिया अत्केरीले १२ रनको योगदान दिइन्।

यता बलिङतर्फ नेपालको लागि रचना चौधरी, रिया शर्मा, सीमाना केसी र पूजा मतोले समान एक एक विकेट लिइन्।

त्यसअघि मलेसियाको बांगीमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले १८.२ ओभरमा अल आउट हुँदै ५२ रन बनाएको थियो।

नेपालका लागि ओपनर साना प्रविनले सर्वाधिक १९ रन जोडिन्। सिमाना केसीले १० रन बनाउँदा अन्य नेपाली ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।

बंगलादेशका जनाथन माओलाले २ तथा अनिसा सोवा, फोयोमोदी चोया र निशीता अख्तरले समान १ विकेट लिए।

जितसँगै बंगलादेश समूह डी को दोस्रो स्थानमा छ। पराजित नेपाल समूहको तेस्रो स्थानमा छ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy