ग्लोबल टि-२० : दोश्रो क्वालीफायरमा सोमपाल अन्तिम-११ मा पर्न असफल, रोहन मुस्तफा खेल्दै

Sompal Kami

ग्लोबल टि-२० क्यानडा प्रतियोगिता अन्तर्गत विन्नीपेग हक्स र ब्राम्पटन वुल्भ्स बीचको दोश्रो क्वालीफायर खेलमा नेपाली खेलाडी सोमपाल कामिले अन्तिम-११ मा नाम लेखाउन पुनः असफल भएका छन्।

नेपाली समय ११:४५ बजे राति सुरु हुने खेलमा विजयी हुने टिम भोलि हुने भानकुभर नाइट्ससंग फाइनल खेल्न छनौट हुनेछ। खेलमा ब्राम्पटनले टस जितेर ब्याटिंग रोजेको छ। भानकुभरले पहिलो क्वालीफायरमा ब्राम्पटनलाई ७७ रनले ( डीएल मेथड ) पराजित गरेको थियो।

विन्नीपेगको अन्तिम-११ :- Chris Lynn , JP Duminy , Dwayne Smith, Rayad Emrit ( c ) , Paul Van meekeren , Mohammad Irfan , Shaiman Ansar , Sunny Sohal , Hamza Tariq , Kaleem Sana, Umair Ghani

ब्राम्पटनको अन्तिम-११ :- Lendl Simmons(w), George Munsey, Colin Munro, Babar Hayat, Shahid Afridi, Daren Sammy(c), Wahab Riaz, Rohan Mustafa, Zahoor Khan, Junaid Siddiqui, Cecil Pervez

ब्राम्पटनको अन्तिम-११ मा युएई क्रिकेटर रोहन मुस्तफाले मौका पाएका छन्। मुस्तफाले भर्खरै युएई र नेदरल्यान्ड बीचको टि-२० सिरिजमा निकै राम्रो प्रदर्शन गरेका थिए। ३ खेलमा उनले ८ विकेट लिएका थिए।

विन्नीपेग हक्सले बिहिबार भएको इलिमीनेटर खेलमा सन्दिप लामिछानेको टिम टोरोन्टो नेसनललाई २ रनले पराजित गर्दै दोश्रो क्वालीफायर खेल्न छनौट भएको थियो। खराब प्रकासको कारण दुर्भाग्यपूर्ण तरिकाले युभराज सिंह कप्तानीको टोरोन्टो डी/एल मेथडमा पराजित भएको थियो। प्रतियोगिताको दोश्रो चरण सकिंदा अंकतालिकामा चौथो स्थानमा रहँदै विन्नीपेग प्ले-अफको लागि छनौट भएको थियो। त्यस क्रममा उसले ६ खेलमा २ जित, ३ हार र १ नतिजाविहिन अंक जोडेको थियो।

विन्नीपेगमा रहेका नेपाली अल-राउण्डर सोमपाल कामिले लिग चरणमा एडमोन्टन रोयल्स बिरुद्ध एउटा खेलमा मात्र मौका पाएका थिए। उक्त खेलमा ब्याटिंगमा अविजित १ रन बनाएका सोमपालले बलिंगमा २ ओभरमा ३३ रन खर्चेर विकेटविहिन भएका थिए।

 

 

 





थप समाचार

पुलिसको विजयी यात्रा जारी

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी यात्रा जारी राखेको छ। […]

पीएम कप : बागमती र कर्णाली विजयी

काठमाडौँ । लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेश र कर्णाली प्रदेशले आ–आफ्नो खेलमा जित हासिल […]

नरेनको कप्तानीमा नेपालले यु–१९ विश्वकप एसिया छनोट खेल्ने

काठमाडौं। नेपालले नरेन भट्टको कप्तानीमा आइसिसी यु–१९ विश्वकप एसिया छनोट खेल्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार उनलाई […]

प्रधानमन्त्री कप : आर्मी र लुम्बिनी विजयी

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागिय टोली त्रिभुवन आर्मी क्लब र लुम्बिनी प्रदेशले जित हासिल गरेका छन्। […]

पुलिसकाे लगातार पाँचाैँ जित

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियाेगितामा सुदूरपश्चिम प्रदेशलाई हराउँदै नेपाल पुलिस क्बले लगातार पाँचाैँ जित हासिल गरेकाे […]

नेपाल र हङकङबीचको खेल रद्द

काठमाडौं। वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ। चार खेलमा पराजित भएको […]