विश्वकप छनोट : नेपाल र ओमान आज तेश्रो स्थानको लागि खेल्दै – WicketNepal


ज्ञानेन्द्रको कप्तानीमा बागमती प्रदेश टिम घोषणा

कार्तिक १३ गते देखि सुरु हुने प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको लागि बागमती प्रदेश क्रिकेट संघले टिमको घोषणा गरेको छ।

घोषित टिमको कप्तानी पुनः राष्ट्रिय टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले गर्नेछन्। यस्तै अर्का राष्ट्रिय क्रिकेटर पृथु बास्कोटा उपकप्तानको भूमिकामा छन्। हाल अस्ट्रेलियामा रहेका सुबास खकुरेल टिममा छैनन् जो गत वर्ष टिमको ओपनर थिए।

मल्ल र बास्कोटा बाहेक राष्ट्रिय क्रिकेट टिमको प्रतिनिधित्व गरिसकेका इशान पाण्डे र रामनरेश गिरिको साथै यु-१९ राष्ट्रिय क्रिकेटर रहीसकेका रित गौतम, नन्दन यादव, बिबेक राना मगर, प्रतिश जिसी, रिजन ढकाल, सुर्य तामांग र तिलक राजभण्डारी हुनुले टिम बलियो देखिएको छ।

टिमका अन्य सदस्यहरुमा विकेटकिपर दुर्गेश थापा, आशुतोष घिरैया र सोनु देवकोटा छन्। चार खेलाडीलाई वैकल्पिकको सुचीमा राखिएको छ जसमा गौरभ खड्का, गौतम केसी, अशोक पौडेल र रामाशिष महतो छन्।

गत वर्ष टिममा रहेका आदील खान, सुमन सुनार, बिपिन आचार्य, सुबास खत्री, लकी कठाएत र रोहन बिक यो पटक टिममा छैनन्।

टिमको प्रशिक्षक स्यामसन जंग थापा र व्यवस्थापकमा सुजन महर्जन रहेका छन्।

घोषित टिम : ज्ञानेन्द्र मल्ल ( कप्तान ) , पृथु बास्कोटा ( उपकप्तान ) , इशान पाण्डे, रामनरेश गिरि, रित गौतम, नन्दन यादव, बिबेक राना मगर, प्रतिश जिसी, रिजन ढकाल, सुर्य तामांग, तिलक राजभण्डारी, दुर्गेश थापा, आशुतोष घिरैया र सोनु देवकोटा

प्रतियोगितामा बागमती प्रदेश समुह ‘बि’ मा छ जुन समुहमा विभागीय टोलि नेपाल पुलिस क्लब सहित लुम्बिनी प्रदेश, मधेश प्रदेश र प्रदेश नम्बर-१ छन्।

प्रधानमन्त्री कपको अघिल्लो संस्करण गत वर्ष बागमती प्रदेश सेमीफाइनल पुगेको थियो जो नेपाल पुलिस क्लबसंग पराजित भएको थियो।

सम्बन्धित : 

प्रधानमन्त्री कप : राजुको कप्तानीमा सुदुरपश्चिम टिम घोषणा





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]