भारतलाई स्तब्ध पार्दै न्युजिल्याण्ड विश्वकप फाइनलमा

भारतलाई १८ रनले पराजित गर्दै न्युजिल्याण्ड आईसीसी एकदिवसीय विश्वकपको फाइनलमा प्रवेश गरेको छ। विश्वकप इतिहासमा न्युजिल्याण्ड फाइनल पुगेको यो दोश्रो पटक हो। २०१५ मा यस अघि पहिलो पटक फाइनल पुग्दा अस्ट्रेलियाअंग पराजित भएको थियो।

न्युजिल्याण्डले पहिले ब्याटिंग गर्दै दिएको २४० रनको लक्ष्य पछ्याउने क्रममा भारतले ४९.३ ओभरमा सबै विकेट गुमाउदै २२१ रन मात्रै बनाउन सक्यो। सन् २०१५ को विश्वकपमा पनि भारत अस्ट्रेलियासंग पराजित हुँदै बाहिरिएको थियो।

लक्ष्य पछ्याउने क्रममा अत्यन्त खराब सुरुवात गरेको भारतले पहिलो ४ विकेट २४ रन मात्र बनाउदा गुमाउन पूग्यो। पहिलो १० ओभरमा प्रतियोगिताकै उत्कृस्ट मानिएको भारतीय माथिल्लो क्रम पेभेलियन फर्कियो।

प्रतियोगिताकै सर्वाधिक रनकर्ता तथा ४ शतक बनाईसकेका रोहित शर्मालाई दोश्रो ओभरमा म्याट हेनरीले विकेटकिपर लाथमबाट क्याच आउट गर्दै विकेटको सुरुवात गराए। कप्तान बिराट कोहलीलाई लगत्तै ओभरमा ट्रेन्ट बोल्टले एलबिडब्लु आउट गरे।  लोकेस राहुललाई पनि हेनरीले विकेटकिपर लाथम बाट क्याच आउट गरे। रोहित, कोहली र राहुलले मात्र १ रन बनाउन सके।

३.१ ओभरमा ५/३ पुगेको भारतको योगफललाई रिशभ पन्त र दिनेश कार्तिकले अघि बढाउने प्रयास गरे। तर दशौँ ओभरमा कार्तिकलाई हेनरीले आफ्नो तेश्रो शिकार बनाए जुन क्रममा जिम्मी निशमले पोइन्टमा देब्रे तिर डाइभ गर्दै प्रतियोगिताकै उत्कृस्ट मध्येको क्याच लिए।

२४/४ ( १० ओभर ) को अवस्थाबाट धोनी ब्याटिंग गर्न आउने अपेक्षा धेरैले गरेका थिए। सन् २०११ फाइनलमामा धोनीले उस्तै परिस्थितिमा आएर खेल जिताउने इनंग खेलेका थिए। तर आशा विपरित ब्याटिंग गर्न छैठौं नम्बरमा हार्दिक पान्ड्या आए।

पाँचौ विकेटको लागि साझेदारी गर्दै भारत कमजोर अवस्थाबाट माथि उठ्ने प्रयास गर्दै थियो। तर रिशभ पन्तले २३ औं ओभरमा ठुलो सट खेल्ने चक्करमा विकेट गुमाउन पुगे। स्यांटनरको बलमा क्याच आउट हुनु अघि उनले ५६ बलमा ४ चौका प्रहार गरे। पन्तको विकेटसंगै ४७ रनको साझेदारी पनि टुट्न पुग्यो।

सातौँ नम्बरमा ब्याटिंग गर्न धोनी आइपुगे र आशा अनुरुप विकेट सम्हालेर ब्याटिंग थाले। साझेदारी थोरै बढ्दै थियो तर हार्दिक पान्ड्याले दबाब झेल्न सकेनन् र स्यांटनरलाई ठुलो सट खेल्दा क्याच आउट हुन पुगे। ६२ बलमा उनले २ चौका मदतले ३२ रन बनाए।

२३ औं ओभरमा ७१/५ को अवस्थाबाट भारतको जित असम्भव जसो देखिएको थियो र आवस्यक रन रेट पनि बढ्ने क्रममा थियो।

त्यसपछि धोनी र उनका चेन्नाई सुपर किंग्सका पुराना मित्र रभिन्द्र जडेजाले इनिंग सम्हाले। जडेजाले आक्रामक सट खेल्दै इनिंग अघि बढाए भने धोनीले विकेट थाम्दै सुस्त ब्याटिंग गरे।

यस बीचमा जडेजाले अर्धशतक पुरा गरे र आठौँ नम्बरमा ब्याटिंग गर्दै विश्वकपको नकआउट खेलमा अर्धशतक बनाउने पहिलो ब्याट्सम्यान समेत बन्न पुगे। करियरमा उनको यो ११ औं अर्धशतक हो। सन् २०१४ पछि उनले पहिलो पटक अर्धशतक बनाएका थिए।

जडेजा र धोनीको साझेदारीले दबाब न्युजिल्याण्डमा फर्कियो। दुवैले शतकीय साझेदारी गर्दै भारतलाई जिततर्फ डोर्याए।

खेलमा रोमान्चक मोड तब आयो जब ४८ औं ओभरमा जडेजा ठुलो सट खेल्ने चक्करमा ट्रेन्ट बोल्टको बलमा आउट भए। जडेजाले ५९ बलमा ४ चौका र ४ छक्का मदतले ७७ रन बनाए। भारतको समस्या बढ्ने क्रममा ४९ औं ओभरको धोनीलाई मार्टिन गुप्टिलले रन आउट गरे। ७२ बलमा उनले १ चौका र १ छक्का प्रहार गरे। १ रनलाई २ रन बनाउने चक्करमा धोनी गुप्टिलको डाइरेक्ट हिटबाट बच्न सकेनन्। त्यसै ओभरमा भुवनेश्वर कुमार पनि ४९ औं ओभरको अन्तिम बलमा बोल्ड हुन पुगे।

५० औं ओभरको तेश्रो बलमा युझ्भेन्द्र चाहललाई विकेटकिपरबाट क्याच आउट गराए र न्युजिल्याण्डलाई खेल जिताए।

४९.३ ओभरमा पुरै विकेट गुमाएर भारतले २२१ रन मात्रै बनाउन सक्यो।

न्युजिल्याण्डको बलिंगमा म्याट हेनरीले ३ सर्वाधिक ३ विकेट ( १०-१-३७-३ ) लिए भने मिचेल स्यांटनरले २ विकेट ( १०-२-३४-२ ) लिए। ट्रेन्ट बोल्ट ( १०-२-४२-२ ) , लकी फर्गुसन ( १०-०-४३-१ ) र जेम्स निशमले ( ७.३-०-४९-१ ) १/१ विकेट लिए।

न्युजिल्याण्डको ब्याटिंग 

यस अघि न्युजिल्याण्डले हिजो ४६.२ ओभरमा ५ विकेट गुमाएको अवस्थामा रिजर्भ डेमा इनिंग अघि बढाउदै ५० ओभरमा ८ विकेट गुमाएर २३९ रन बनाउन सक्यो।

न्युजिल्याण्डको लागि रोस टेलरले सर्वाधिक ७४ ( ९० बलमा ३ चौका र १ छक्का ) र कप्तान केन विलियमसनले ६७ रन ( ९५ बलमा ६ चौका ) बनाए। भारतको लागि भुवनेश्वर कुमारले सर्वाधिक ३ विकेट ( १०-१-४३-३ ) लिए भने जस्प्रित बुम्राह ( १०-१-३९-१ ) , हार्दिक पान्ड्या ( १०-०-५५-१ ) , रभिन्द्र जडेजा ( १०-०-३४-१ ) र युझ्भेन्द्र चाहल ( १०-०-६३-१ ) ले १/१ विकेट लिए।

भारत लिग चरणमा समुह विजेता तथा न्युजिल्याण्ड चौथो स्थानमा रहँदै सेमीफाइनल पुगेको थियो।

 





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]