सिंगापुरले लियो २०१० को बदला, शरदले लेखे “कर्मा इज अ बीच”

आईसीसी टि-२० विश्वकप छनौट ( एसिया फाइनल ) प्रतियोगिता अन्तर्गत आइतबार अन्तिम खेलमा सिंगापुरसंग जित्ने पर्ने खेलमा नेपाल पराजित हुँदा टि-२० विश्वकप २०२० मा छनौट हुने बाटो बन्द हुन पुग्यो।

नेपालको हार पछि नेपाली टिमका ब्याट्सम्यान शरद भेसावकरले आफ्नो फेसबुक स्टोरीमा लेखे -“SOMEONE TRULY SAID KARMA IS A BITCH” कसैले सच्चिकै भनेका थिए “कर्मा इज अ बीच”

शरदले कुन अर्थमा यो लेखे त उनैलाई थाहा होला तर सिंगापुर क्रिकेट टिमसंग नेपाली क्रिकेटसंगको ‘कर्मा’ को सम्बन्ध अलि पुरानो छ। भनिन्छ नि तपाईले गरेको हरेक क्रियाको प्रतिक्रिया हुन्छ र कर्माको नियमले पनि त्यही भन्छ। तपाईले जस्तो कर्म गर्नु हुन्छ एक न एक दिन त्यसै अनुरुपको प्रतिफल तपाईले ढिलो-चाडो पाउनुहुनेछ।

त्यो घटना 

कुरा सन् २०१० मा नेपालमा आयोजना भएको आईसीसी विश्व क्रिकेट लिग डिभिजन-५ प्रतियोगिताको हो। नेपाललाई पहिलो पटक आईसीसीले प्रतियोगिता आयोजनाको जिम्मेवारी दिएको थियो।

प्रतियोगितामा आयोजक नेपाल सहित, सिंगापुर, अमेरिका, जर्सी, फिजी र बहराइन सहभागी रहेको थियो। ६ टिमबाट अंकतालिकामा उत्कृस्ट हुने २ टिम डिभिजन-४ मा उक्लिने थियो।

लिगको अन्तिम दिनको खेलमा नेपाल र अमेरिका तथा सिंगापुर र जर्सी प्रतिस्पर्धा गर्दै थिए। समीकरण के थियो भने नेपाललाई अमेरिकाले पराजित गर्ने र सिंगापुरले जर्सीलाई पराजित गरेको खण्डमा नेपाल, अमेरिका र सिंगापुरको समान ८/८ अंक हुने थियो। त्यसो हुँदा नेट रन रेटबाट उत्कृस्ट-२ टिम चयन हुन्थ्यो। नेपालले त्यस अघि आफ्नो ४ वटै खेलमा जित हाँसिल गरेको थियो भने सिंगापुर र अमेरिकाले ३/३ खेलमा जित हात पारेका थिए।

बिरेन्द्र सैनिक मैदान भक्तपुरमा भएको खेलमा सिंगापुरले जर्सीलाई सहजै ७ विकेटले पराजित गर्यो। जर्सीले दिएको १९३ रनको लक्ष्य सिंगापुरले २६ ओभरमा ३ विकेट मात्रै गुमाएर पुरा गर्दा सिंगापुरको नेट रनरेट ह्वात्तै बढ्यो। अब सिंगापुरको नजर नेपाल र अमेरिकाको खेलमा थियो। सिंगापुरको जितले नेपाललाई पनि दबाब पर्यो। नेपाल जितेको खण्डमा ५ जितको साथ अंकतालिकामा उत्कृस्ट हुन्थो। हारेको खण्डमा नेपालको भाग्य नेट रन रेटले फैसला गर्थ्यो।

Photo – CricketEurope

टियु मैदानमा अमेरिका र नेपाल बीच खेल चल्दै थियो। नेपालले टस जितेर ब्याटिंग गर्ने निर्णय लियो र ५० ओभर ब्याटिंग गर्दै ९ विकेट गुमाएर १६२ रनको योगफल तयार गर्यो। ८० रनमै ६ विकेट गुमाएको अवस्थामा नेपालको लागि छैठौं नम्बरमा ब्याटिंग गरेका ज्ञानेन्द्र मल्लले आठौँ नम्बरका मेहबुब आलमसंग ६२ रनको साझेदारी गर्दै नेपाललाई सम्मानजनक स्थितिसम्म पुर्याए। मल्लले ५२ तथा आलमले ३८ रन बनाए।

लक्ष्य पछ्याउने क्रममा अमेरिकाको सुरुवात पनि राम्रो हुन सकेन र २८.५ ओभरमा ११२ रन बनाउदा पहिलो ५ विकेट गुमाउन पुग्यो। मेहबुब आलम, बसन्त रेग्मी, शक्ति गौचन, राहुल विश्वकर्म र सन्जम रेग्मीले १/१ विकेट लिंदै अमेरिकी ब्याट्सम्यानलाई मुस्किल बनाए। तर त्यसपछि नेपाल विकेट निकाल्न असफल रह्यो। सुशील नादकर्नी र आदित्य थ्यागराजनले साझेदारी गर्दै अमेरिकालाई जिततर्फ डोर्याए।

३२ औं ओभरमा अमेरिकालाई जित्न २६ रन आवस्यक हुँदा बलिंग गर्न आएका बसन्त रेग्मीको तेश्रो बलमा थ्यागराजनले छक्का प्रहार गरे। त्यही ओभरको पाँचौ र छैठौं ओभरमा नादकर्नीले लगातार २ छक्का हिर्काए। एकै ओभरमा १९ रन आएपछि अमेरिकालाई जित्न अब १३ रन या भनौं औपचारिकता मात्र बाँकी रह्यो।

Source-Espncricinfo

नेपाल हारतर्फ बढेको नेपाली दर्शकहरुलाई सैह्य भएन। ठुलो संख्यामा दर्शकहरुले मैदानमा एक्कासी ढुंगा बर्साउन थाले। दर्शकहरुलाई सुरक्षाकर्मीले लखेट्दै लाठीचार्ज गरे। चोभार इन्ड ( मेहबुब आलम इन्ड ) तर्फबाट दर्शकहरु पछाडी खेत भएतर्फ भागे जहाँबाट पनि ढुंगा र माटोको डल्लाहरु फ्याक्न छोडेनन्। दुवै टिमका खेलाडीहरु सुरक्षित हुन मैदान बाहिरिए। केहि बेर यही सिलसिला चल्यो। यो घटना पछि खेल पुनः सुचारु हुने नहुने अनिश्चित थियो। तर मैदानमा फालिएका ढुंगा/माटोका डल्ला तथा अन्य सामग्रीहरु हटाएपछि खेल पुनः सुरु हुने निर्णय गरियो।

खेल सुरु त हुने भयो तर त्यो बीचमा करिब १ घण्टा समय बितीसकेको थियो। त्यसै कारण अम्पायरले इनिंग ४ ओभर घटाउदै अमेरिकालाई १५७ रनको नयाँ लक्ष्य दियो। जितको लागि बाँकी ७ रन बनाउन अमेरिकालाई थप ९ बल मात्रै लाग्यो। ३४ औं ओभरको तेश्रो बलमा सन्जम रेग्मीलाई चौका प्रहार गर्दै थ्यागराजन खेल जिताए।

Photo – Cricket.com.np

दर्शकको अप्रिय घटना पछि खेल सुरु भयो र स्पस्ट नतिजा पनि आउन सक्यो। तर जुन ४ ओभर इनिंगमा घटाईयो त्यसले गर्दा नेपाललाई नेट रन रेटमा भने फाइदा पुग्यो। फलस्वरूप सिंगापुरलाई मात्र ०.००४ को अन्तरले पछि पार्दै नेपाल अंकतालिकामा दोश्रो हुँदै डिभिजन-४ को लागि छनौट भयो र फाइनल समेत पुग्यो। अमेरिका +१.३७१ नेट रन रेट सहित पहिलो भयो र फाइनलमा पुग्यो। नेपालको  फाइनलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गर्दै प्रतियोगिताको उपाधिनै हात पार्यो। सिंगापुर भने तेश्रो स्थानमा रहँदै डिभिजन-५ मै रह्यो।

यदी त्यो घटना नघटेको भए सिंगापुरले नेपाललाई पछि पार्दै डिभिजन-४ र फाइनल प्रवेश गर्थ्यो। त्यही अवस्थामा पनि यदी उक्त खेल २ बल ढिला अमेरिकाले जितेको भए मात्रै पनि सिंगापुर छनौट हुने थियो। अथवा अन्तिम बलमा चौकाको सट्टा छक्का प्रहार गरेको भए पनि नेपाल नेट रन रेटमा पछि पर्ने थियो।

त्यस घटना पछि सिंगापुरले उक्त नतिजा आफुलाई मान्य नभएको भन्दै आईसीसीलाई अनुसन्धान गर्न अनुरोध गर्यो। आईसीसीले उक्त घटनाको अनुसन्धान गर्न कमिटिनै बनायो। उक्त कमिटिले घटनाको बिभिन्न पाटोको अनुसन्धान त गरेता पनि सिंगापुरको पक्षमा निर्णय गरेन।

“सिंगापुरको लागि यो अत्यन्त दुर्भाग्यपूर्ण नतिजा हो। सिंगापुरलाई पनि नेपाल र अमेरिकासंगै डिभिजन-४ मा उकलिनु पर्छ भन्ने सुझाव पनि थियो। सबैले यो घटनालाई लिएर पछुतो मानेका छन् र हामि पनि पुनः यो घटना दोहोरियोस भन्ने चाहदैनौ। तर यसैको आधारमा सिंगापुरलाई बढुवा गर्नुले खेलको लागि खतरनाक नजिर सिर्जना गर्नेछ।”  सिंगापुरको अनुरोध पछि आईसीसीका तत्कालिन सीइओ हरुन लोर्गाटले इएसपीएनक्रिक्इन्फोसंग बताएका थिए।

 

“सिंगापुर टिम यो निर्णय पछि निकै दुखित भएका छौँ। जसरि टिमले डिभिजन-५ मा प्रदर्शन गरेको थियो हामि बढुवा हुन लायक थियौं, तर आईसीसीको निर्णयले हाम्रो क्रिकेट केहि वर्ष पछि धकेलिएको छ” आईसीसीको उक्त निर्णय पछि सिंगापुरका तत्कालिन कप्तान मुनिस अरोराले इएसपीएनक्रिक्इन्फोसंग बताएका थिए।

घटना प्रति नेपाललाई आईसीसीले प्रतियोगिता भविष्यमा प्रतियोगिता आयोजना गर्न प्रतिबन्ध लगायो। तर पछि नेपाल क्रिकेट संघले बाउन्ड्री पर्खाल र अन्य मैदानमा सुधार गर्ने भए पनि सोहि वर्ष आयोजना गर्न नदिने प्रतिबन्ध हटायो।

उक्त घटना भएको ९ वर्ष बितीसकेको छ। त्यसबेला बामे सर्दै गरेको नेपाली क्रिकेट टिमले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यतासम्म पुगीसकेको छ। सिंगापुर क्रिकेट टिम भने अहिले २०१८ को डिभिजन-३ बाट झर्दै वर्ल्ड क्रिकेट लिग च्यालेन्जमा पुगेको छ। २०१० डिभिजन-५ मा नेपाल र सिंगापुर टिम अधिकांश खेलाडीहरु परिवर्तन भइसकेका छन्। त्यसबेला नेपालका कप्तान पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेसावकर र बसन्त रेग्मी अहिले पनि नेपाली टिमबाट खेलीरहेका छन्। सिंगापुर टिमको २ जना चेतन सूर्यवंशी र अनिश परम मात्र सिंगापुर टिममा छन्।

“कर्मा इज अ बीच” 

करिब १० वर्ष पछि सिंगापुरले आईसीसीलाई विशेस अनुरोध गर्दै पहिलो पटक सिनियर स्तरमा आईसीसी टि-२० विश्वकप ( एसिया फाइनल ) आयोजना गर्ने जिम्मेवारी पायो। प्रतियोगितामा अपराजित रहंदा नेपालसंगको अन्तिम खेल सिंगापुर र नेपालको बिश्वकप ग्लोबल छनौटमा पुग्नको लागि निर्णायक रहेको थियो। खेलमा नेपाल पराजित भयो र विजेता बन्ने दौडबाट आखिरमा तेश्रो स्थानमा प्रतियोगिता अन्त्य गर्न बाध्य रह्यो।

२०१० मा पनि नेपालले पहिलो पटक आईसीसीको प्रतियोगिता आयोजना गर्ने मौका पाएको थियो। अन्तिम दिनको खेलनै त्यसबेला पनि नेपाल र सिंगापुर डिभिजन-४ मा प्रवेश गर्नको लागि निर्णायक रहेको थियो। त्यो बेला पनि नेपालको हारनै भएको थियो। तर त्यसबेला सिंगापुरलाई पछि पार्दै नेपाल डिभिजन-४ मा बढुवा भएको थियो। त्यसबेला सिंगापुर पनि तेश्रो हुँदै बढुवा हुनबाट बन्चित रहेको थियो।

खेल हेर्न पुगेका नेपाली समर्कोक व्यवहारले दुर्भाग्यपूर्ण रुपमा सिंगापुरको यात्रा त्यो बेला रोकिएको थियो। यो पटक सहजै विजेता बन्ने लक्ष्यका साथ नेपाली टिम सिंगापुर पुग्दा टिमको असफलताले तिनै नेपाली समर्थकहरु टिमको असफलतामा निराश बन्नु परेको छ।

सायद त्यसैले शरदले लेखे “कर्मा इज अ बीच”





थप समाचार

चेन्नईलाई हराउँदै बेंगलुरु प्लेअफमा, आइपीएलको प्लेअफ समिकरण पूरा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफ समिकरण पूरा भएको छ । चेन्नाई सुपर किंग्सलाई पराजित […]

तेस्रो खेलमा नेपाल पराजित

काठमाडौं । विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली टोलीले विन्डवर्ड्स भोलक्यान्सविरुद्धको तेस्रो अभ्यास खेलमा पराजित भएको छ । आइतबार […]

सुदुरलाई हराउँदै एपीएफ लगातार चौथो पटक च्याम्पियन

काठमाडौं । सुदुरपश्चिम प्रदेशलाई हराउँदै विभागीय टोली नेपाल एपीएफ क्लबले ललितपुर मेयर्स कप २०८१ को उपाधी जितेको छ । टियु […]

मुम्बईमाथि लखनाउको जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर (आइपीएल) को ६७ औं खेलमा मुम्बई इन्डियन्सलाई लखनाउ सुपर जायन्ट्सले पराजित गरेको छ […]

बागमतीलाई सानदार रुपमा हराउदै सुदुरपश्चिम फाइनलमा

काठमाडौं । सम्झना खड्काको शानदार ब्याटिङको सहयोगमा बागमती प्रदेशलाई शानदार रुपमा पराजित गर्दै जारी ललितपुर मेयर्स कपको फाइनलमा स्थान बनाएको […]

विश्वकपमा टस नजितेको नेपाल…

काठमाडौं । नेपालले आगामी जुन २ बाट अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने नवौं संस्करणको टी-२० विश्वकपमा सहभागीता […]