भुटानसंग नेपाल पहिले ब्याटिंग गर्दै, यस्तो छ अन्तिम-११

Binod Bhandari , Anil Sah
  • विकेटनेपाल, असोज २३ 

मलेसियामा जारि आईसीसी ट्वान्टी-२० विश्वकप छनौट एसिया (पूर्वी) प्रतियोगिता अन्तर्गत नेपालले चौथो खेल भुटानसंग खेल्नेछ।

प्रतियोगिता अन्तर्गत नेपालले खेलेको ३ वटै खेलमा म्यानमार, मलेसिया र थाईल्याण्डलाई पराजित गर्दै अंकतालिकाको शिर्ष स्थानमा रहेको छ। यता भुटानले खेलेको ३ खेल मध्ये १ खेलमा जित र २ खेलमा हार बेहोरेको छ। अंकतालिकामा भुटान पाँचौ स्थानमा रहेको छ

खेलमा भुटानले टस जितेर नेपाललाई ब्याटिंग गर्ने निम्तो दिएको छ।

प्रतियोगिताबाट उत्कृस्ट ३ टिम टि-२० बिश्वकप एसियाली छनौट खेल्न छनौट हुने हुँदा अंकतालिकाको शिर्ष स्थानमा रहेको नेपाल भुटानसंग जित दर्ता गर्दै अपराजित टिमको रुपमा दोश्रो चरण प्रवेश गर्न चाहन्छ।

नेपालको अन्तिम ११ :- प्रदिप ऐरि, बिनोद भण्डारी,शरद भेसावकर, दिपेन्द्र ऐरि आरिफ शेख, पारस खड्का, बसन्त रेग्मी, करन केसी, अनिल साह, सन्दिप लामिछाने, ललित राजबंशी

लाइभ अपडेट हेर्ने लिंक 

भुटानसंगको इतिहास

भुटान क्रिकेट टिमसंग नेपालले अन्तिम पटक सन् २००६ को एसीसी ट्रफीमा खेलेको थियो जसपछि महिला क्रिकेटमा भेट भए पनि पुरुष क्रिकेटमा भने नेपाल १२ बर्ष पछि भुटानसंग खेल्न लागेको हो।

भुटान राष्ट्रिय क्रिकेट टिमसंग नेपालले हालसम्म ५ पटक प्रतिस्पर्धा गरेको र बर्षाको रद्द भएको एक खेल बाहेक सबैमा नेपालले सहजै जित दर्ता गरेको छ।

सन् २००३ एसीसी इमर्जिङ्ग टिम्स कप ( नेपाल )

सन् २००३ मा नेपालमै सम्पन्न एसीसी इमर्जिङ्ग टिम्स कप प्रतियोगितामा नेपालले भुटानलाई ३५३ रनको बिशाल अन्तरले पराजित गरेको थियो। त्यस खेलमा कप्तान समेत रहेका राजु खड्काले नेपालको लागि पहिलो शतक प्रहार गर्दै किर्तिमान कायम गरेका थिए।

टस हारेर ब्याटिंग गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाएर ३९७ रन बनाएको थियो। राजु खड्काले १०५ रन ( ५० बल, १४ चौका र ४ छक्का ) बनाएका थिए भने सन्दिप श्रेष्ठले ६०, बिनोद दासले ४३, शक्ति गौचनले ३९ तथा पारस लुनियाले ३५ रन बनाएका थिए।

जवाफमा भुटान ४४ रनमै समेटिन पुगेको थियो। राजु बस्नेतले ५ तथा मेहबुब आलमले २ विकेट लिएपछि भुटानले लज्जास्पद हार बेहोरेको थियो।

सन् २००४ एसीसी ट्रफी ( मलेसिया )

समुह चरणमा भुटानलाई नेपालले ९ विकेटले पराजित गर्ने क्रममा भुटानले टस हारेर ब्याटिंग गर्दै पहिलोइनिंगमा मात्र ९१ रन बनाएको थियो। ९२ रनको लक्ष्य नेपालले १३ ओभरमा पछ्यायो।

राजकुमार प्रधानले नेपालको लागि सर्वाधिक ३ तथा सन्जम रेग्मी र मेहबुब आलमले २/२ विकेट लिएका थिए भने ब्याटिंगमा मेहबुब आलमले ४४ तथा परेश लोहनीले ३० रन बनाएका थिए।

सन् २००४ एसीसी ट्रफी , प्लेअफ ( मलेसिया )

पाँचौ स्थानको लागि भएको प्लेअफ सेमीफाइनलमा नेपालले ६ विकेटको जित दर्ता गरेको थियो। टस जितेर ब्याटिंग गर्दै भुटानले ७२ रन बनाएको थियो र ७३ रनको लक्ष्य नेपालले १३ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो। बलिङ्गमा राजकुमार प्रधानले ४, मेहबुब आलमले ३ तथा सन्जम रेग्मीले २ विकेट लिंदा ब्याटिंगमा पनि आलमले ४२ रन बनाएका थिए।

सन् २००६ एसीसी ट्रफी ( मलेसिया )

टस हारेर ब्याटिंग गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाएर ३१७ रनको योगफल तयार गरेको थियो। लक्ष्य पछ्याउने क्रममा भुटान ३६ रनमै समेटिन पुग्यो र नेपालले २८१ रनको बिशाल जित दर्ता गर्यो।

नेपालको लागि ब्याटिंगमा पारस खड्काले सर्वाधिक ८७ तथा ज्ञानेन्द्र मल्लले ५२ रन बनाएका थिए भने बलिङ्गतर्फ बिनोद दासले ५ विकेट , मेहबुब आलमले ३ विकेट तथा शक्ति गौचनले २ विकेट लिएका थिए।





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]