नेरी थापा जसको नाममा दर्ता छ टि-२० अन्तर्राष्ट्रियको विश्वकै चौथो उत्कृस्ट स्पेल

नेरी नेपाली महिला क्रिकेट टिमको पहिलो स्टार खेलाडीको रुपमा चिनिने गर्छिन्। एक समय थियो जब नेपाली महिला क्रिकेटको कुरा गर्दा नेरी थापाको नाम पनि जोडिएर आउने गर्थ्यो। देब्रे हाते अल-राउण्डरले करियरको सुरुवातमा उत्कृस्ट प्रदर्शन गर्दै आफुलाई अब्बल खेलाडी सावित गरेकी थिईन्। करियरको सुरुवात देखि देब्रे हाते तिब्र गति बलर रहेकी नेरीले पछिल्लो समय देब्रे हाते स्पिनरको रुपमा खेल्दै आएकी छिन्। प्रस्तुत छ नेपाली थापासंग सम्बन्धित केहि रोचक जानकारीहरु 

महिला राष्ट्रिय टिमको पहिलो कप्तान र डेब्युमै सफलता 

१९९२ जुन ३ मा नेपालगञ्जमा जन्मिएकी नेरीले सन् २००७ को एसीसी महिला च्याम्पियनसिपमा नेपाली महिला राष्ट्रिय टिमको कप्तानी गरेकी थिईन्। सो प्रतियोगिता नेपाली महिला टिमको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता थियो। पहिलो सहभागितामै नेपाली महिला राष्ट्रिय टिम प्रतियोगिताको फाइनलमा पुगेको थियो जुन क्रममा बंगलादेशसंग पराजित हुँदै उप-विजेता भएको थियो।

नेरीको कप्तानीमा नेपाली यु-१९ महिला राष्ट्रिय टिमले २००८ र २०१० एसीसी यु-१९ महिला च्याम्पियनसिपको उपाधि जितेको थियो। २०१० एसीसी यु-१९ मा नेरी उत्कृस्ट ब्याट्सम्यान घोषित भएकी थिईन्।

नेरीको कप्तानीमा नेपाल पहिलो सहभागितामा एसीसी महिला प्रतियोगिताको उप-विजेता भएको थियो

सुरुवात देखि उत्कृस्ट 

नेपालको लागि पहिलो प्रतियोगितामै नेरीले उत्कृस्ट प्रदर्शन गरेकी थिईन्। उनि एसीसी महिला च्याम्पियनसिप २००७ को उत्कृस्ट बलर चुनिएकी थिईन्। त्यस क्रममा नेरीले ५ खेलमा १२ विकेट लिएकी थिईन्। सन् २००९ एसीसी महिला टि-२० च्याम्पियनसिपमा नेपाली महिला टिमले तेश्रो स्थान हाँसिल गर्दा समेत नेरी रेखा रावलसंगै प्रतियोगिताकै सर्वाधिक विकेटकर्ता ( १४ विकेट ) थिईन्।

सोहि सफलता पछि नेरीलाई २००८ मा एसियन क्रिकेट काउन्सिलले उत्कृस्ट महिला उदयमान खेलाडीको रुपमा अवार्ड प्रदान गरेको थियो।

पहिलो शतकको किर्तिमान 

नेरी थापा नेपाली महिला घरेलु क्रिकेट इतिहासकै शतक बनाउने पहिलो खेलाडी हुन्। २०७० महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपालगंजको ( तत्कालिन क्षेत्र नम्बर ५ ) लागि खेल्दै काठमाडौँ बिरुद्ध १२१ रन बनाउदै किर्तिमान कायम गरेकी थिईन्।

विश्वकै चौथो उत्कृस्ट बलिंग स्पेलको रेकर्ड 

नेरी थापाको नाममा नेपालको लागि दोश्रो र विश्वकै चौथो सबैभन्दा उत्कृस्ट बलिंग स्पेलको रेकर्ड रहेको छ। २०१९ आईसीसी टि-२० विश्वकप छनौट ( एसिया ) प्रतियोगितामा हंगकंग बिरुद्ध नेरीले एकै खेलमा ६ विकेट लिंदै नेपालको लागि एकै इनिंगमा सर्वाधिक विकेटको रेकर्ड आफ्नो नाम गरेकी थिईन्। त्यस क्रममा नेरीले ४ ओभरमा ८ रन खर्चेकी थिईन्। त्यो स्पेलसंगै टि-२० अन्तर्राष्ट्रियमा ५ विकेट लिने नेपालकै पहिलो क्रिकेटर समेत बनेकी थिईन्।

यो रेकर्ड पछि अन्जली चन्दले गत वर्ष साग महिला क्रिकेटमा माल्दिभ्स बिरुद्ध रन नदिई ६ विकेट लिंदै तोडेकी थिईन्। अन्जलीको स्पेल विश्वकै उत्कृस्ट स्पेल हो। नेरी र अन्जली बाहेक नेपाली बलरले अन्तर्राष्ट्रिय टि-२० मा नेपालको लागि ५ विकेट भन्दा बढी लिन सकेका छैनन्।

विश्व क्रिकेटको कुरा गर्दा नेरीको हंगकंग बिरुद्धको ४-०-८-६ को स्पेल महिला टि-२० अन्तर्राष्ट्रियमा विश्वकै चौथो उत्कृस्ट स्पेल हो। ६ विकेट भन्दा बढी हालसम्म महिला अन्तर्राष्ट्रिय क्रिकेटमा कुनै बलरले लिन सकेका छैनन्।

नेपाली पुरुष राष्ट्रिय टिमका क्रिकेटरहरुले टि-२० अन्तर्राष्ट्रियमा एकै खेलमा ४ भन्दा बढी विकेट लिन सकेका छैनन्। बसन्त रेग्मीले २०१५ मा हंगकंग बिरुद्ध १५ रन खर्चेर लिएको ४ विकेट उत्कृस्ट स्पेल हो। करन केसी, सन्दिप लामिछाने, अविनाश बोहराले पनि एकै इनिंगमा ४ विकेट लिएका छन्।

नेरी नेपाली महिला क्रिकेटमा शतक बनाउने पहिलो खेलाडी हुन्

टि-२० अन्तर्राष्ट्रियमा सर्वाधिक विकेट लिने नेपाली महिला बलर 

टि-२० अन्तर्राष्ट्रिय महिला क्रिकेटमा नेपालको लागि सर्वाधिक विकेट लिने बलर नेरीनै हुन्। ११ खेलमा देब्रे हाते बलरले १७ विकेट आफ्नो नाम गरेकी छिन्। उनि पछि दोश्रो धेरै करुणा भण्डारी र सरिता मगरले समान १३ विकेट हात पारेका छन्।

  • महिला टि-२० अन्तर्राष्ट्रियको उत्कृस्ट स्पेलहरु :

१. अन्जली चन्द , नेपाल ( २.१-२-०-६, बिरुद्ध माल्दिभ्स ) ,  २. मास एलिसा, मलेसिया ( ४-१-३-६ , बिरुद्ध चिन ) , ३. बोट्सोगो एमपेडी, बोत्स्वाना ( २.३-१-८-६, बिरुद्ध लिसोथो ) , ४. नेरी थापा , नेपाल ( ४-०-८-६, बिरुद्ध हंगकंग ) , ५.जोन लिन, म्यान्मार ( ४-०-१०-६ , बिरुद्ध म्यान्मार )

टि-२० अन्तर्राष्ट्रियको एकै प्रतियोगितामा सर्वाधिक  विकेटको रेकर्ड 

टि-२० अन्तर्राष्ट्रियमा एकै प्रतियोगितामा सर्वाधिक विकेट लिने नेपाली खेलाडीको रेकर्ड नेरी थापाको नाममा रहेको छ। नेरीले २०१९ आईसीसी विश्व कप छनौट ( एसिया ) प्रतियोगितामा ६ खेलमा १३ विकेट लिंदै उक्त किर्तिमान आफ्नो नाम गरेकी थिईन्। करन केसीले गत वर्ष ओमानमा सम्पन्न टि-२० सिरिजमा ४ खेलमा ११ विकेट लिएका थिए जो यो रेकर्डमा दोश्रो नम्बरमा छन्।





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]