एनपीएलको मिनी अक्सन आज

काठमाडौं। दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को मिनी अक्सन शनिबार हुँदैछ।

अक्सनमा १५० मध्ये ३७ खेलाडी ८ फ्रेन्चाइज टिमले किन्नेछन्। हरेक फ्रेन्चाइजले अधिकतम ९० लाख रुपैयाँ खर्च गर्न पाउने छन्। अक्सनमा रिटेन खेलाडीको मूल्य घटाएर बाँकी बजेटबाट टिमले खेलाडी खरिद गर्नेछन्।

यसपटक जुनसुकै ग्रेडबाट खेलाडी लिन सकिने भएकाले टिमले आवश्यकताअनुसार छनोट गर्न सक्नेछन्। विराटनगर किंग्ससँग ४५ लाख ५० हजार, जनकपुर बोल्ट्ससँग ३३ लाख, चितवन राइनोजसँग ५८ लाख, काठमाडौं गुर्खाजसँग ४३ लाख, पोखरा एभेन्जर्ससँग ३७ लाख ५० हजार, लुम्बिनी लायन्ससँग ४५ लाख २५ हजार, कर्णाली याक्ससँग ४९ लाख र सुदूरपश्चिम रोयल्ससँग ४१ लाख ५० हजार रुपैयाँ पर्समा बाँकी छ।

यीमध्ये विराटनगर, चितवन, काठमाडौं, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमलाई पाँच–पाँच खेलाडी चाहिने छ। जनकपुर र पोखराले टोलीमा चार–चार खेलाडी थप गर्नुपर्नेछ।

विराटनगर किंग्स सन्दीप
लामिछाने (मार्की)
रिटेन खेलाडी : लोकेश बम, प्रतिश जिसी, बशीर अहमद, सुवास भण्डारी, र नरेन भट्ट

जनकपुर बोल्ट्स
आसिफ शेख (मार्की)
रिटेन खेलाडीः अनिलकुमार शाह, ललित राजवंशी, किशोर महतो, रुपेश सिंह, शुभ कंशाकर र तुलबहादुर थापामगर

चितवन राइनोज
कुशल मल्ल (मार्की)
रिटेन खेलाडीः रिजन ढकाल, कलमसिंह ऐरी, अमरसिंह रौटेला, दीपक बोहरा र गौतम केसी

काठमाडौं गुर्खाज
करण केसी (मार्की)
रिटेन खेलाडीः भीम सार्की, शाहब अलाम, रसिद खान, दीपेश कँडेल र प्रतिक श्रेष्ठ

पोखरा एभेन्जर्स
कुशल भुर्तेल (मार्की)
रिटेन खेलाडीः सागर ढकाल, आकाश चन्द, किरणकुमार ठगुन्ना, बिपिन खत्री, त्रितराज दास र दिनेश खरेल

लुम्बिनी लायन्स
रोहित कुमार पौडेल (मार्की)
रिटेन खेलाडीः विवेक यादव, र सन्दीप जोरा, तिलकराज भण्डारी, दिनेश अधिकारी र अभिषेश गौतम

कर्णाली याक्स
सोमपाल कामी (मार्की)
रिटेन खेलाडीः गुलशन झा, नन्दन यादव, अर्जुन घर्ति, दिपेन्द्र रावत, युनिशबिक्रम सिंह ठकुरी र विपिन शर्मा

सुदूरपश्चिम रोयल्स
दिपेन्द्रसिंअ ऐरी (मार्की)
रिटेन खेलाडीः अभिनाश बोहरा, आरिफ शेख, विनोद भण्डारी, इसान पाण्डे र रेन साउद

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy