चर्चित भारतीय कमेन्टेटर आकाश चोपडासंग पारसको अन्तर्वार्ता, ‘१०-१२ वर्षमा भारत बिरुद्ध नेपालले टेस्ट खेल्न सक्छ’

पुर्व भारतीय क्रिकेटर तथा वर्तमान कमेन्टेटर आकाश चोपडाले नेपाली क्रिकेट टिमका पुर्व कप्तान पारस खड्कासंग अन्तर्वार्ता लिएका छन्। चोपडाले आफ्नो लोकप्रिय Youtube कार्यक्रम आकाशवाणीमा पारससंग करिब २० मिनेट लामो कुराकानी गरेका हुन्। अन्तर्वार्ताको क्रममा पारसले नेपालमा क्रिकेटको सुरुवात देखि , विकास, सफलता, भविष्य तथा आफ्नो कप्तानी बारे पनि कुरा गरेका छन्। आकाश चोपडा र पारस खड्का बीच गरिएको कुराकानीमा पारस खड्काले बताएका कुराहरुलाई यहाँ प्रस्तुत गरेका छौँ।

यु-१९ स्तरमा नेपालले टेस्ट राष्ट्रलाई पराजित गरेको सम्झना

१९९६ मा अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थाले पनि पछिल्लो १० वर्षमा नेपालले क्रिकेटमा धेरै विकास गरेको हो। अन्डर-१९ विश्वकपमा नेपालले पाकिस्तान, बंगलादेशलाई सन् २००२ मा तथा दक्षिण अफ्रीका, न्युजिल्यान्ड, आयरल्याण्ड जस्ता टेस्ट रास्ट्रलाई पराजित गरेको थियो। २००६ मा न्युजिल्यान्डलाई पराजित गर्दै यु-१९ विश्वकप प्लेट च्याम्पियनसिप उपाधि जितेको थियौं। मार्टिन गप्टिल त्यसबेला न्युजिल्यान्डको लागि खेल्थे भए आएन मोर्गन आयरल्याण्डको लागि।

मैले यु-१९ क्रिकेट सुरु गर्दा २००४ मा एलेस्टर कुक, लियाम प्लंकेट, रभी बोपारा इंग्ल्याण्ड टिममा थिए। आएन मोर्गन, लुक राइट जस्ता विश्वस्तरिय खेलाडीसंग यु-१९ स्तरमा खेलेका थियौं र पराजित पनि गरेका थियौं।

नेपालले सन् २०१४ को टि-२० विश्वकपमा खेल्नु सबैभन्दा ठुलो उपलब्धि हो। त्यो विश्वकप पछि नेपालले क्रिकेटलाई हेर्ने तरिकामा ठुलो परिवर्तन भएको थियो।  अहिले अभिभावकहरु नेपालमा आफ्नो बच्चाहरुलाई क्रिकेट खेल्न आफै लिएर जाने गर्छन्, पहिले यस्तो अवस्था थिएन।

नेपाललाई एक्सपोजर र पूर्वाधारको खाँचो, नेपालको मौसम भगवानको देन 

यु-१९ स्तर पार गरेपछि एक्सपोजरको कुरा हो, भौतिक पूर्वाधारहरु बिना हामीलाई गार्हो छ। राम्रो क्रिकेटर बन्नको लागि हामीले सिकेको कुरा हामीले राम्रो टिमसंग खेल्नु पर्छ भन्ने हो। हामीसंग क्रिकेट टिमसंग आवस्यक आधार छैन। व्यवस्थापनले आफु ठाउँमा बसीसकेपछि त्यो अनुसारको काम पनि गर्नुपर्छ। दुर्भाग्यवस हामि साढे ३ वर्ष आईसीसीको प्रतिबन्धमा पर्यौं। अहिले प्रतिबन्ध खुला भए पनि पूर्णरुपमा भने खुला भएको छैन।

नेपाल क्रिकेट खेल्नको लागि निकै राम्रो मौसम भएको ठाउँ हो जहाँ ८-९ महिना क्रिकेट खेल्न सकिन्छ। काठमाडौँ आफैमा मौसमको लागि भगवानको देन भएको ठाउँ हो।

नेपालमा अझै पनि बसन्त रेग्मी नामको स्पिनर छन् जसले आईपीएल खेल्न सक्थे

सन्दिप लामिछानेको प्रभाव, बसन्त रेग्मी आईपीएल खेल्ने क्षमताको बलर  

सन्दिप अहिले नेपालको उत्कृस्ट स्पिनर हुन्। नेपालमा अझै पनि बसन्त रेग्मी नामको स्पिनर छन् जसले आईपीएल खेल्न सक्थे। उनि एसोसिएट स्तरको सबैभन्दा उत्कृस्ट देब्रे हाते स्पिनर हुन् तर कुराहरु भनेको जस्तो भएन। अहिले सन्दिप निकै राम्रो गरिरहेका छन्।

म केहि दिन अघि अभ्यासमा फर्किएको थिए। म टियु मैदान पुग्दा केहि युवा खेलाडीहरु लेग स्पिन बलिंग गरिरहेका थिए। उनीहरुमा यदी सन्दिपले आइपीएल खेल्न सक्छ भने हामी पनि किन सक्दैनौ भन्ने विश्वास रहेको छ। सन्दिपले नेपालको विश्वभर लिगमा प्रतिनिधित्व गरिरहेका छन् जसले अरुमा पनि विश्वास पैदा गरेको छ।

कप्तानी छोड्नुको कारण

१० वर्ष कप्तानी गर्दा एउटा खेलाडीको रुपमा संघको बिरुद्ध हामीले बिभिन्न माग राख्ने काम गर्यौं। धेरै आरोव अवरोहहरु आए र मैले कप्तानको रुपमा सिस्टमको बिरुद्ध उभिने काम गरे। खेलाडीहरुले गर्दा क्यान प्रतिबन्धमा परेको भन्ने कुरा आयो जुन सहि हैन। आर्थिक पारदर्शीता जस्ता कुराले गर्दा त्यो भएको हो। म नेपाल क्रिकेट संघलाई ताजा सुरुवात दिन चाहन्थे। कप्तानी गर्ने बारे मैले क्रिकेट सुरु गर्दा सोचेको थिईन। मैले कप्तानी छोडेपछि पनि मलाई क्यानले निर्णय फिर्ता लिन र पुनर्विचार गर्न अनुरोध आएको थियो। कप्तान हुनु महत्वपूर्ण हैन , कुनै पनि खेलाडीले योगदान दिन सक्छ।

भारतको घरेलु क्रिकेटमा नेपाल खेल्न सक्छ 

१९९६ मा नेपाल र बंगलादेशले एसीसी ट्रफीको फाइनल खेलेको थियो। त्यसपछि बंगलादेश निकै अघि बढ्यो। हामीलाई हाम्रो छिमेकि रास्ट्रहरुको सहयोग चाहिन्छ। हामीसंग ट्यालेन्ट छ जसलाई एक्सपोजरको आवस्यकता रहेको छ। हामीसंग सिस्टमको आवस्यकता रहेको छ। हाम्रो खेलाडीहरु या हाम्रो टिम भारतको स्टेट लेभल क्रिकेट प्रतियोगितामा खेल्न सक्छन्। नेपाल टिमको नामबाट नहोला तर बोर्ड प्रेसिडेन्ट-११ को नाममा खेल्न सक्छौं। भारतमा क्रिकेट निकै प्रतिस्पर्धात्मक रहेको छ। पाकिस्तान, श्रीलंका, बंगलादेश, श्रीलंका जस्ता रास्ट्रमा हामि फिट हुन सक्छौं जुन हाम्रो प्राथमिकता हुनु पर्छ। हामीले राम्रो टिम र प्रतिद्वन्द्वी बिरुद्ध खेल्न आवस्यक छ।

नेपाल १०-१२ वर्षमा टेस्ट राष्ट्र बन्न सक्छ 

सबै कुरा सहि भए १०-१२ वर्षमा हामीले टेस्ट मान्यता पाउन सक्छौं। आईसीसीसीको हातमा छ टेस्ट मान्यता दिने या नदिने। तर हाम्रो फ्यानहरुको कुरा गर्दा केहि ठुला टेस्ट रास्ट्रहरुलाई समेत फ्यान बेसमा पराजित गर्न सक्छौं। नेपाल टेस्ट राष्ट्र भएको हेर्ने मेरो पनि ठुलो चाहना हो। यो सपना मात्र हैन सम्भावना पनि हो। पहिले विश्वकप खेल्न्छ भन्दा मानिसहरु हाँस्थे, अहिले हामि एकदिवसीय रास्ट्र भएका छौँ। टेस्ट राष्ट्र हुनुको लागि निकै मुस्किल छ, मैदान भित्र र बाहिर। तर हामि सहि दिशामा छौँ र आशा गरौँ सन् २०३०-३२ सम्म हामिले पहिलो टेस्ट खेलेको हेर्न पाउने छौँ र त्यो भारत बिरुद्ध पनि हुन सक्छ।





थप समाचार

केपी ओली कप : एपीएफलाई हराउदै मधेश प्रदेश फाइनलमा, उपाधिको लागि आर्मीसंग खेल्ने

विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ ) लाई पराजित गर्दै मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको […]

गुल्सनलाई समेट्दै यू-१९ एसिया कप खेल्ने नेपाली टोलीको घोषणा

सिनियर राष्ट्रिय टिमका अलराउन्डर गुल्सनकुमार झालाई समेट्दै यू–१९ एसिया कपका निम्ति नेपाली टिमको घोषणा भएको छ । युनाइटेड अरब इमिरेट्स […]

केपी ओली कप : आर्मी र मधेश सेमीफाइनलमा, सुदूरपश्चिमसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लबलाई सुदूरपश्चिम प्रदेशले पराजित गर्दा मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको सेमीफाइनलमा पुगेको […]

केपी ओली कप : सन्दिप कप्तानीको बागमती सेमीफाइनलमा, गण्डकीसंग एपीएफ स्तब्ध

कर्णाली प्रदेशलाई हराउँदै बागमती प्रदेश केपी ओली कप टी-ट्वान्टी क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । कर्णाली प्रदेशलाई ९० रनले पराजित […]

केपी ओली कपमा बागमतीको विजयी सुरुवात

सन्दिप लामिछाने कप्तानीको बागमती प्रदेशले पोखरामा सञ्चालित केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताका विजयी सुरुवात गरेको छ । पोखरा रङ्गशालामा […]

मङ्सिर ७ गते देखि केपी ओली कप टी–२०

पोखरामा बिहीबारदेखि सुरु हुने प्रथम केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । मङ्सिर ७ देखि […]