PM Cup Women’ : तेश्रो दिन एपीएफ र सुदूरपश्चिमको सहज जित

धनगढीमा जारि प्रधानमन्त्री कप महिला टि-ट्वान्टी प्रतियोगिता अन्तर्गत तेश्रो दिन सम्पन्न समुह ‘बि’ अन्तर्गतको दुई खेलमा एपीएफ र सुदूरपश्चिम प्रदेश विजयी भएका छन्।

एपीएफको विजयी सुरुवात

प्रदेश नम्बर-२ लाई ४८ रनले पराजित गर्दै शशस्त्र प्रहरी बल ( एपीएफ ) ले महिला राष्ट्रिय टि-ट्वान्टी प्रतियोगितामा विजयी सुरुवात गरेको छ।

धनगढीको फाप्ला मैदानमा सम्पन्न समुह ‘बि’ अन्तर्गतको खेलमा एपीएफले दिएको ९९ रनको लक्ष्य पछ्याउने क्रममा प्रदेश-२ ले निर्धारित २० ओभरमा ९ विकेट क्षेतीमा ५० रन मात्र बनाउन सक्यो।

प्रदेश-२ को लागि मेलिना रायमाझीले २० रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। एपीएफ बलर सुष्मा श्रेष्ठले २ विकेट तथा सोनु खड्का, रेखा रावल, करुणा भण्डारी र सिता राना मगरले समान एक विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको एपीएफले निर्धारित १५ ओभरमा ८ विकेट क्षेतीमा ९८ रन मात्र बनाउन सक्यो। एपीएफको लागि ज्योति पाण्डेले सर्वाधिक २४, इन्दु बर्माले २१, रोमा थापाले १४ तथा ममता चौधरीले ११ रन योगदान दिए। प्रदेश-२ को बलिंगमा बिमला मगरले ३ तथा सन्तोषी चौधरी , रोजी कडारी र अनुराधा चौधरीले समान एक विकेट लिए।

गण्डकी बिरुद्ध सुदूरपश्चिमको सहज जित

गण्डकी प्रदेशलाई ९ विकेटले सहजै पराजित गर्दै सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप महिला राष्ट्रिय टि-ट्वान्टी प्रतियोगितामा विजयी सुरुवात गरेको छ।

धनगढीको फाप्ला मैदानमा सम्पन्न समुह ‘बि’ अन्तर्गतको खेलमा गण्डकी प्रदेशले दिएको ३२ रनको लक्ष्य सुदूरपश्चिमले १ विकेट क्षेतीमा २.१ ओभरमा भेटायो। सुदूरपश्चिमको लागि कविता जोशीले ८, शोभा रोकायाले ५ रन बनाए। गण्डकी बलर मनिषा उपाध्यायले १ विकेट हात पारिन्।

यस अघि टस जितेर ब्याटिंग गरेको गण्डकीले १८ ओभरमा सम्पूर्ण विकेट गुमाएर ३१ रन बनाएको थियो। उसको लागि पेम्लामु शेर्पाले सर्वाधिक ६ रन, स्रिस्टि जैसीले ५ रन योगदान दिए। १९ रनमा १ विकेट गुमाएको अवस्थाबाट थप १२ रन जोड्दा उसले सम्पूर्ण विकेट गुमाउन पुग्यो।

सुदूरपश्चिमको बलिंगमा दिपा जोरा ( ३-०-५-२ ) र कविता जोशी ( ४-२-३-२ ) ले समान दुई विकेट तथा कविता कुँवर ( ४-१-८-१ ) र इश्वरी बिस्टले ( ३-०-८-१ ) समान एक विकेट लिए।

प्रतियोगिता अन्तर्गत आजै सम्पन्न समुह ‘बि’ अन्तर्गतको पहिलो खेलमा एपिफले प्रदेश नम्बर-२ लाई ४८ रनले पराजित गर्दै विजयी सुरुवात गय्रो।

प्रतियोगिता अन्तर्गत भोलि दुई खेल हुनेछन्। पहिलो खेलमा बिहान ९ बजे प्रदेश-१ र लुम्बिनी प्रदेश तथा दिउँसो बागमती प्रदेश र कर्णाली प्रदेश बीच प्रतिस्पर्धा हुनेछ। समुह ‘ए’ बाट प्रदेश-१ र लुम्बिनी सेमीफाइनल प्रवेश गरिसकेका छन्।





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]