रौतहट प्रिमियर लिगमा १६ टोलीको सहभागीता रहने

२०८१ असार ३०, शनिबार २०:०३

काठमाडौं । रौतहट प्रिमियर लिग (आरपिएल) २०२४ मा १६ क्लबको सहभागीता हुने भएको छ ।

बुबा ममी इभेन्ट्स तथा स्पोर्टस म्यानेजमेन्ट प्रा.लीले एक विज्ञप्ती जारी गर्दै लिगमा १६ टोलीको सहभागीता रहने जानकारी गराएको हो ।

प्रा.लीका अनुसार लिगमा १२ नेपाली तथा चार विदेशी क्लबको सहभागीता रहने छ ।

२० दिनसम्म चल्ने प्रतियोगिताको मिति भने तोकिएको छैन । प्रतियोगिता रौतहटको गरुडामा आयोजना हुनेछ ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy