२०१८ मा नेपालको ब्याटिङ, कप्तान पारसले धानेको वर्ष

Paras Khadka
  • विकेटनेपाल, पुष २० – शुक्रवार 

वर्ष २०१८ नेपाली क्रिकेट टिमको लागि ऐतिहासिक उपलब्धिको वर्ष रह्यो। डिभिजन-२ को उपविजेता हुँदै विश्वकप छनौट प्रतियोगिता सम्मको यात्रा तय गरेको नेपालले एकदिवसीय अन्तर्राष्ट्रियको मान्यता पहिलो पटक पायो भने पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय जित समेत हासिल गर्‍यो।

नेपाली क्रिकेट टिमको समग्र प्रदर्शन फर्केर हेर्दा सफल देखिए पनि नेपाली ब्याट्सम्यानहरुको प्रदर्शन भने पछिल्लो वर्ष बिर्सनलायक रह्यो।

नेपालले २०१८ मा ६ वटा प्रतियोगिता खेल्यो जसमा ४ वटा एकदिवसीय र २ वटा टि-२० प्रतियोगिता थियो। फेब्रुअरीमा नामिबियामा डिभिजन-२, मार्चमा जिम्बावेमा एकदिवसीय विश्वकप छनौट, जुलाईमा एमसीसी र नेदरल्याण्ड्ससंग लर्ड्समा त्रिकोणात्मक टि-२० सिरिज, अगस्टमा नेदरल्याण्ड्ससंग एकदिवसीय सिरिज, अगस्ट/सेप्टेम्बरमा एसिया कप छनौट खेलेको नेपालले अक्टोबरमा टि-२० विश्वकप छनौट एसिया ‘बि’ प्रतियोगिता खेल्यो।

२७ खेलमा –  एक शतक र १४ अर्धशतक 

नेपालले २०१८ मा खेलेको सबै फर्म्याटको २७ वटा खेलमा १ शतक र १४ वटा अर्धशतक मात्र बन्यो। कुल २७ खेलमध्ये नेपालले १९ वटा खेल एकदिवसीय र ८ वटा टि-२० खेलेको थियो। टि-२० फर्म्याटमा ८ खेलमा २ वटा मात्र अर्धशतक बन्यो शतक बने। एकदिवसीय १९ वटा खेलमा १२ वटा अर्धशतक बन्दा एकमात्र शतक बनेको तथ्यले नेपाली ब्याट्सम्यानहरुको असफलता स्पष्ट बयान गर्छ।

Paras Khadka
Paras Khadka

पारस एकातिर अरु ब्याट्सम्यान अर्को तिर 

नेपालले २०१८ मा बनाएको एक मात्र शतक ( ११२ रन ) पारस खड्काले डिभिजन-२ मा युएईसंग फाईनलमा बनाएका थिए। अन्य ब्याट्सम्यान शतकको नजिक पनि पुग्न सकेनन्। बनेको १४ अर्धशतकमध्ये पारस खड्काले ४ वटा अर्धशतक प्रहार गरे भने अन्य सबै ब्याट्सम्यानले २७ खेलमा १० वटा मात्र अर्धशतक बनाउन सके।

पारसले बनाएको ११२ रनको व्यक्तिगत स्कोरपछि सागर पुनले एसिया कप छनौटमा ओमनविद्ध बनाएको ८३ रन त्यसपछिको सर्वाधिक स्कोर रह्यो। पारस आफैले विश्वकप छनौटमा अफगानिस्तान विरुद्ध बनाएको ७५ रन र प्रदिप ऐरिले टि-२० विश्वकप छनौटमा बनाएको ७५ रन त्यसपछिको सर्वाधिक व्यक्तिगत स्कोर रह्यो।

धेरै व्यक्तिगत रन बनाउने खेलाडी :- 

११२ रन – पारस खड्का ( विरुद्ध युएई , डिभिजन-२ )
८३ रन – सागर पुन ( विरुद्ध ओमान , एसिया कप छनौट )
७५ रन – पारस खड्का ( विरुद्ध अफगानिस्तान, विश्वकप छनौट )
७५* रन – प्रदिप ऐरि ( विरुद्ध भुटान, टि-२० विश्वकप छनौट एसिया बि )
६४* रन – आरिफ शेख ( विरुद्ध मलेसिया, एसिया कप छनौट )
६१ रन – सोमपाल कामि ( विरुद्ध नेदरल्याण्ड्स, एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज ‘नेपाल vs नेदरल्याण्ड्स’ )

बनेको १४ अर्धशतक मध्ये ५ वटा इनिङ्स बाहेक अन्य ९ इनिङ्स ब्याट्सम्यानले ६० रन छुन सकेका छैनन्। यसले नेपाली ब्याट्सम्यानहरुले अर्धशतकलाई ठुलो स्कोर अथवा शतकमा बदल्न नसकेको स्पष्ट देखिन्छ। यो अवधिमा नेपाली ब्याट्सम्यानहरुले ४० वा ४० भन्दा माथि देखि ४९ सम्मको रन ११ वटा इनिङ्स खेलेका छन्।

२०१८ मा शतक र अर्धशतक बनाउने नेपाली ब्याट्सम्यानहरु 

१ शतक र ४ अर्धशतक – पारस खड्का
२ अर्धशतक – दिपेन्द्र ऐरि र आरिफ शेख
१ अर्धशतक – ज्ञानेन्द्र मल्ल, सोमपाल कामी, सुबास खकुरेल , सागर पुन,  प्रदिप ऐरि, शरद भेसावकर

वर्षको सर्वाधिक रन बनाउने ब्याट्सम्यान  

नेपालले खेलेको कुल ६ वटा प्रतियोगितामा सर्वाधिक रन पारस खड्काले बनाएका छन्। कुल २१ इनिङ्समा ब्याटिङ गरेका पारसले ६५४ रन बनाएका छन्। यसक्रममा उनले ३४.४२ को प्रति खेल औषतले रन बनाएका छन्।

पारस पछि धेरै रन बनाउने ब्याट्सम्यान दिपेन्द्र ऐरि रहे जसले पारसले जतिनै इनिङ्समा ब्याटिङ गर्दै २३.१ को औषतले कुल ४६२ रन बनाउन सके। ऐरिले यो अवधिमा २ वटा अर्धशतक बनाए। उनले एसिया कप छनौटमा मलेसियासंग ५४ रन तथा विश्वकप छनौटमा पपुवा न्यु गिनीसंग नटआउट ५० रन बनाएका थिए।

Dipendra Airee
Dipendra Airee

दिपेन्द्र पछि धेरै रन बनाउने सुचीमा तेश्रो नम्बरमा रहेका आरिफले पनि २१ इनिङ्समा १९.३१ को औषतले ३६७ रन बनाएका छन्। चौथो नम्बरमा ज्ञानेन्द्र मल्ल छन् जसले २२ इनिङ्समा १७.६५ को औषतले ३५३ रन बनाएका छन्। त्यसपछि पाँचौ नम्बरमा रहेका सोमपाल कामीले १९ इनिङ्समा २६७, छैठौं नम्बरमा रोहित पौडेलले १५ इनिङ्समा २५२ रन बनाएका छन्। अनिल साहले १५ इनिङ्समा २२२, करण केसीले १२ इनिङ्समा १६१, शरद भेषावकरले ९ इनिङ्समा १६० रन बनाएका छन्।

वर्ष २०१८ मा नेपाली ब्याट्सम्यानको / कुल रन / इनिङ्स / औषत

     खेलाडी

 कूल रन

 इनिङ्स

औषत

पारस खड्का ६५४ रन २१ इनिङ्स ३४.४२ औषत
दिपेन्द्र सिंह ऐरी ४६२ रन २१ इनिङ्स २३.१ औषत
मो. आरिफ शेख ३६७ रन २१ इनिङ्स १९.३१ औषत
ज्ञानेन्द्र मल्ल ३५३ रन २२ इनिङ्स १७.६५ औषत
सोमपाल कामी २६७ रन १९ इनिङ्स २४.२७ औषत
रोहित कुमार पौडेल २५२ रन १५ इनिङ्स २१.0 औषत
अनिल कुमार शाह २२२ रन १५ इनिङ्स १४.८ औषत
करण केसी १६१ रन १२ इनिङ्स २६.८३ औषत
शरद भेषावकर १६० रन ९ इनिङ्स १७.७७ औषत
सुबास खकुरेल ११२ रन ७ इनिङ्स १८.६६ औषत
सागर पुन ११२ रन ५ इनिङ्स २१.२ औषत
दिलिप नाथ १०२ रन ७ इनिङ्स १४.५७ औषत

नेपाल क्रिकेट संघ निलम्बनमा रहेको अवस्थामा स्तरीय प्रशिक्षकको अभाव, ५० ओभरको प्रतियोगिता कम आयोजना हुनु, बहु-दिवसीय प्रतियोगिता आयोजना हुन नसक्नु तथा देशमा स्तरीय क्रिकेट पिच नहुनुको कारण परम्परागत कमजोरी मानिने नेपाली ब्याटिङ २०१८ मा झनै खस्कँदो रह्यो।

प्रतियोगिताको दौरान मात्रै आउने ब्याटिङ कन्सल्टेन्टको सट्टा नियमित स्तरीय प्रशिक्षकको अन्डरमा रहने हो, बहु-दिवसीय प्रतियोगिता तथा अरु धेरै ५० ओभरको प्रतियोगिता आयोजना हुने हो भने ब्याट्सम्यानहरुको स्तर सुधार हुनेछ। नियमित रुपमा खेलाडीहरु बन्दसत्रमा नबस्दा फिटनेसको स्तर घट्नु तथा क्रिकेट संघ नहुँदा खेलाडीहरुको आर्थिक सुरक्षा, भबिष्य लगायत विषयले दिने मानसिक दबाबको कारणले पनि प्रदर्शनमा प्रभाव पर्ने गर्छ।

सन् २०१९ मा पनि यही अवस्था दोहोरिने हो भने नेपाली ब्याट्सम्यानहरुको स्तर यही नहोला भन्न सकिन्न।





थप समाचार

चेन्नईलाई हराउँदै बेंगलुरु प्लेअफमा, आइपीएलको प्लेअफ समिकरण पूरा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफ समिकरण पूरा भएको छ । चेन्नाई सुपर किंग्सलाई पराजित […]

तेस्रो खेलमा नेपाल पराजित

काठमाडौं । विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली टोलीले विन्डवर्ड्स भोलक्यान्सविरुद्धको तेस्रो अभ्यास खेलमा पराजित भएको छ । आइतबार […]

सुदुरलाई हराउँदै एपीएफ लगातार चौथो पटक च्याम्पियन

काठमाडौं । सुदुरपश्चिम प्रदेशलाई हराउँदै विभागीय टोली नेपाल एपीएफ क्लबले ललितपुर मेयर्स कप २०८१ को उपाधी जितेको छ । टियु […]

मुम्बईमाथि लखनाउको जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर (आइपीएल) को ६७ औं खेलमा मुम्बई इन्डियन्सलाई लखनाउ सुपर जायन्ट्सले पराजित गरेको छ […]

बागमतीलाई सानदार रुपमा हराउदै सुदुरपश्चिम फाइनलमा

काठमाडौं । सम्झना खड्काको शानदार ब्याटिङको सहयोगमा बागमती प्रदेशलाई शानदार रुपमा पराजित गर्दै जारी ललितपुर मेयर्स कपको फाइनलमा स्थान बनाएको […]

विश्वकपमा टस नजितेको नेपाल…

काठमाडौं । नेपालले आगामी जुन २ बाट अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने नवौं संस्करणको टी-२० विश्वकपमा सहभागीता […]