बलले स्टम्पमा लाग्यो तर वार्नर भएनन् आउट, विश्वकपमा पाँचौ पटक यस्तो हुँदा ट्वीटरमा यस्ता आलोचना

क्रिकेट खेलमा भित्रिएको प्रविधिले खेलको दौरान हुने बिभिन्न गल्तिहरुलाई निकै कम गरेको तथ्य लुकेको छैन तर अस्ट्रेलिया र भारत बीच आइतबार राति सम्पन्न खेलमा प्रविधिलेनै धोका दिंदा खेलपछि चर्चाको विषय बन्न पुगेको छ।

अस्ट्रेलियाले लक्ष्य पछ्याउने क्रममा जस्प्रित बुम्राहले गरेको दोश्रो ओभरको पहिलो बल डेभिड वार्नरको ब्याटको भित्रि किनार हुँदै स्टम्पमा लाग्यो। तिब्र गतिमा गएको बलले स्टम्पमा लाग्दा पनि नत बत्ति बल्यो नत बेलनै खस्यो। वार्नर बच्न पुगे जसले ५६ रन समेत बनाए। खेल त भारतले जित्यो तर यदी भारत हारेको भए यो विषयले ठुलो रुप लिन सक्थ्यो।

विवादले ठुलो रुप नलिए पनि भारतका कप्तान बिराट  कोहलीले विश्वकपमा प्रयोग भएको ‘जिंग बेल’ नबलेकोमा आईसीसीलाई प्रश्न चिन्ह खडा गरेका छन्।

आइतबार राति सम्पन्न खेलमा भारतले प्रतियोगितामा लगातार दोश्रो जित निकाल्ने क्रममा अस्ट्रेलियालाई ३६ रनले पराजित गरेको थियो। यस क्रममा पहिले ब्याटिंग गर्दै भारतले दिएको ३५३ रनको लक्ष्य पछ्याउने क्रममा अस्ट्रेलियाले ३१६ रन मात्रै बनाउन सकेको थियो। खेलमा शिखर धवनले शतक बनाएका थिए।

खेलपछि पत्रकारसंग कुराकानीमा कोहलीले घटनाबारे आश्चर्य व्यक्त गरे –

“मैले बिगतमा यस्तो घटना धेरै देखेको छैन। म निश्चित छु कि कुनै पनि टिम यस्तो देख्न चाहँदैन कि तपाईले गरेको राम्रो बलले स्टम्पमा लाग्दा बत्ति बल्दैन या बत्ति बल्छ तर बेल स्टम्पमै बस्छ र ब्याट्सम्यान आउट हुँदैन”

जिंग वेल्स जसमा बलले लागेपछि बत्ति बल्नु पर्ने हो जुन नहुँदा विश्वकपमा विवादको विषय बनेको छ। जारी विश्वकपमा वार्नर पाँचौ ब्याट्सम्यान हुन् जो स्टम्पमा बलले लागेर पनि यस्तै घटनाका कारण आउट हुनबाट जोगिन पुगेका थिए।

यस अघि दक्षिण अफ्रीकाका क्विन्टन डीकक, श्रीलंकाका दिमुथ करुनारत्ने, वेस्ट इन्डिजका क्रिस गेल तथा बंगलादेशका मोहम्मद सैफुद्दीन वार्नर जस्तै भाग्यमानी सावित भएका थिए।

“यो के हुँदैछ ? मैले जीवनभर ५ वटा यस्तो घटना देखेको छैन र यो विश्वकपको १० दिनमै त्यति पटक यस्तो भइसक्यो” पाकिस्तान पुर्व क्रिकेटर शोयब अख्तरले ट्वीट गरेका छन्।

अस्ट्रेलियन कप्तान आरोन फिन्चले ‘जिंग वेल्स’ को यस्तो घटना आईपीएल दौरान पनि भएको सम्झिए-

“वेल्स थोरै गह्रौं भए जस्तो लाग्छ त्यसैले थोरै बढी बल लाग्ने गर्छ। मैले आईपीएल र बिग ब्यासको दौरान पनि बेल नखसेको घटना देखेको छु, बल फर्केर स्टम्पमा फर्केको”

जिंग वेल्स अस्ट्रेलियामा बन्ने गर्छ र सन् २०१२ देखि आईसीसीले बिभिन्न आईसीसी प्रतियोगितामा समेत यसको प्रयोग गर्दै आएको छ।

घटना पछि गरिएका ट्वीटहरु – 

 





थप समाचार

प्रधानमन्त्री कप : सुदूरपश्चिमको लगातार दोस्रो जित

काठमाडौं । सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट […]

प्रधानमन्त्री कप : एपिएफकाे लगातार दोस्रो जित

काठमाडौँ । विभागीय टोली एपिएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ। धनगढीस्थित […]

ई-प्लानेट हाई स्कुल च्याम्पियनसिप: गण्डकी छनोटको उपाधि कास्की मोर्डनाइज्डलाई 

ई-प्लानेट नेशनल हाई स्कुल टी टेन क्रिकेट च्याम्पियनसिप २०८१ को गण्डकी छनोट प्रतियोगिताको उपाधि कास्की मोर्डनाइज्ड एकेडेमीले जितेको छ। पुष […]

दोस्रो अभ्यास खेलमा नेपाल अमेरिकासँग पराजित

काठमाडौँ । यू–१९ महिला विश्‍वकपको दोस्रो अभ्यास खेलमा नेपाल अमेरिकासँग पराजित भएको छ। मलेसियाको क्‍वालालाम्पुरस्थित रोयल सेलङ्गर मैदानमा बुधबार भएको […]

जय ट्रफी : पहिलो दिन १७ ओभरको खेल, भुर्तेलको अर्धशतक

काठमाडौं । जय ट्रफी मेन्स एलिट कपअन्तर्गत फाइनल खेलको पहिलो दिन समाप्त हुँदा पुलिस क्लबले त्रिभुवन आर्मी क्लबविरुद्ध ८५ रनको […]

प्रधानमन्त्री कप : एपिएएफको सुखद सुरुआत

काठमाडौं । विभागीय टोली एपिएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगितामा सुखद सुरुआत गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट […]