अमेरिकामाथि नेदरल्यान्ड्सको जित

नेदरल्यान्ड्सले विश्वकप लिग टु सिरिज अमेरिकामाथि जित हात पारेको छ । आइसीसी क्रिकेट विश्वकप लिग टु सिरिज अन्तर्गत नेदरल्यान्ड्समा अमेरिका, क्यानडा र घरेलु टोलीबीचको त्रिकोणात्मक सिरिजको छैटौं खेलमा घरेलु टोलीले अमेरिकामाथि जित हात पारेको हो ।

यो खेलसँगै लिग टुको चाैथाे राउन्ड सकिएको छ । यस राउन्डमा घरेलु टोलीले शतप्रतिशत जित निकाल्दा क्यानडाले चारै खेल गुमायो । अमेरिकाले २ मा जित तथा २ खेलमा हारको सामना गर्यो ।

नेदरल्यान्ड्समा बुधबार भएको खेलमा घरेलु टोलीले अमेरिकामाथि २७ रनको जित हात पारेको हो ।

नेदरल्यान्ड्सले दिएको २ सय ७ रनको मध्यम लक्ष्य पछ्याएको अमेरिकाले ४५.५ ओभरमा अल आउट हुदै १ सय ७९ रन मात्र बनायो ।

अमेरिकाका लागि कप्तान मोनांक पटेलले सर्वाधिक ६६ रन जोडे । उनले ७९ बलमा ८ चौका र १ छक्का प्रहार गरे । शयान जाहिङ्गर र हरमित सिंहले समान २० तथा शाल्डि भान साक्वयले १२ रन जोडे ।

नेदरल्यान्ड्सका काइल क्लेनले ४ , पल भान मेकरमले ३, आर्यान दत्त र भिभियन किंग्माले समान १ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्स ४९.१ ओभरमा २ सय ६ रन जोड्दै अल आउट भएको थियो ।

नेदरल्यान्ड्सका लागि ओपनर म्याक्स ओडाउडले सर्वाधिक ७७ रन जाडे । उनले १ सय २६ बलमा ६ चौका प्रहार गरेका थिए । अर्का ओपनर माइकल लेभिटले ३८ बलमा ३३, नोहा क्रोसले ३३ बलमा २७, विक्रमजित सिंहले २१ बलमा १८ तथा आर्यान दत्तले १० रन जोडे ।

अमेरिकाका लागि नोस्तुक केजिंके, शाल्डि भान साक्वय र हरमित सिंहले समान २ विकेट लिए ।

८ टोली सहभागी लिग टु को अंक तालिकामा नेदरल्यान्ड्स १२ अंकका साथ शीर्ष स्थानमा छ । पराजित अमेरिका ४ अंकका साथ पाँचौ स्थानमा छ ।

अंकतालिकामा २ अंकका साथ नेपाल सातौं स्थानमा छ । लिग टुको शीर्ष चार टोलीले सन् २०२७ हुने ओडिआई विश्वकप छनोटमा स्थान बनाउने छन् ।





थप समाचार

एपिएलको फाइनलमा रोयल सन्धिखर्क र सौजन्य समाज किमडाँडा भिड्ने

अर्घाखाँचीमा जारी अर्घाखाँची प्रिमियर लिग (एपिएल) क्रिकेटको फाइनलमा रोयल सन्धिखर्क र सौजन्य समाज किमडाँडा भिड्ने भएका छन् । सन्धिखर्कमा चलिरहेको […]

त्रिवि क्रिकेट मैदानमा कलाकार र नेताहरुबीच मैत्रीपूर्ण खेल

काठमाडौं । नेपाल विद्यार्थी संघ केन्द्रीय समितिद्वारा आयोजित अन्तर्राष्ट्रिय अन्तर विश्वविद्यालय टी–२० क्रिकेट प्रतियोगिताको पूर्वसन्ध्यामा मैत्रीपूर्ण खेलको आयोजना गरिएको छ। […]

प्रधानमन्त्री कप : सुदूरपश्चिम ९ बलमै विजयी

काठमाडौं । धनगढीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेश ९ बलमा नै विजयी भएको छ। फाप्ला […]

ई-प्लानेट हाई स्कुल च्याम्पियनसिप: गण्डकी छनोटको उपाधि कास्की मोर्डनाइज्डलाई

ई-प्लानेट नेशनल हाई स्कुल टी टेन क्रिकेट च्याम्पियनसिप २०८१ को गण्डकी छनोट प्रतियोगिताको उपाधि कास्की मोर्डनाइज्ड एकेडेमीले जितेको छ। पुष […]

धनगढीमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने, देशभरका ८ वटा क्लबले सहभागीता जनाउने

धनगढी, माघ ०३ : क्रिकेटको शहर धनगढीमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । गो ड्रिमर्सको आयोजनामा […]

पुलिसले जित्यो जय ट्रफीको उपाधि

काठमाडौं । नेपाल पुलिस क्लब जय ट्रफी मेन्स एलिट कपको च्याम्पियन बनेको छ। वीरगन्जको नारायणी क्रिकेट मैदानमा तेस्रो दिन बिहीबार […]