क्यानडाले दियो नेपाललाई  १२४ रनको लक्ष्य

क्यानडामा आजबाट सुरु त्रिकोणात्मक टि ट्वान्टी सिरिजमा घरेलु टोलीले नेपाललाई १ सय २४ रनको लक्ष्य दिएको छ ।

क्यानडाको किंग सिटीमा टस हारेर ब्याटिङ गरेकाे घरेलु टोलीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय २३ रनको योगफल बनायो ।

क्यानडाका लागि साद विन जाफरले १८ बलमा सर्वाधिक २३ रन बनाए । जाफर सन्दीप लामिछानेको बलमा कुशल मल्लबाट समातिए । श्रेयश मोभ्भाले २३ बलमा २२ रन बनाए । मोभ्भा सन्दीपको बलमा बोल्ड आउट भएका थिए ।

प्रविन कुमारले १३ बलमा १९ रन बनाउँदै सोमपाल कामीद्वारा बोल्ड आउट भए ।

नेपालका लागि तीव्र गतिका बलर सोमपाल कामीले एकै ओभरमा २ महत्वपुर्ण विकेट लिएका थिए ।

सोमपालले आफ्नो पहिलो ओभरमा नै दुई विकेट लिएका थिए । आफ्नो पहिलो ओभरको तेस्रो बलमा नवनित धालीवाललाई १३ तथा अन्तिम बलमा दिलप्रित बाज्वालाई १४ आउट गराएका थिए ।

त्यसअघि अर्का तीव्रगतीका बलर रिजन ढकालले टि ट्वान्टी आई डेब्यु खेलमा नै विकेट लिएका थिए । क्यानडाविरुद्धको यसै खेलमा रिजनले टी ट्वान्टी डेब्यु गरेका थिए ।

रिजनले क्यानडाका ओपनर आरोन जोनसनलाई ९ बलमा ९ रन बनाउँदा आउट गराएका हुन् । रिजनले आफ्नो दोस्रो ओभरको पहिलो बलमा नै विकेट लिन सफल भएका हुन् । जोनसनलाई रिजनले कप्तान रोहितकुमार पौडेलको हातबाट क्याच आउट गराएका थिए ।

नेपालका लागि सन्दीप लामिछाने र सोमपाल कामीले समान ३ तथा रिजन ढकाल र दीपेन्द्रसिंह ऐरीले समान १ विकेट लिए ।

सिरिजमा नेपाल र क्यानडाका साथै ओमानको पनि सहभागिता रहेको छ । नेपालले दोस्रो खेलमा आइतवार ओमानको सामना गर्दा तेस्रो खेलमा मंगलवार क्यानडासँग खेल्नेछ । चौथो खेलमा नेपालले बुधवार फेरि ओमानको सामना गर्नेछ ।





थप समाचार

एनपीएलमा बेटिङ गरेको आरोपमा ४ जना पक्राउ

काठमाडौँमा जारि नेपाल प्रिमियर लिग (एनपीएल)मा बेटिङ खेलाएको आरोपमा चार जना पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को […]

एनपीएल : सन्दिपको टिम बिराटनगरको दोश्रो हार, दिपेन्द्र चम्किंदा सुदूरपश्चिमको शानदार जित

सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिगमा विजयी सुरुवात गर्ने क्रममा बिराटनगर किंग्सलाई पराजित गरेको छ। दोश्रो हार बेहोरेको बिराटनगर अघिल्लो खेलमा […]

एनपीएल : जनकपुर बोल्ट्सको लगातार दोश्रो जित, धवनको टिम कर्णाली पराजित

कप्तान अनिल शाहले अर्धशतक प्रहार गरेपछि जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार दोस्रो जित हात पारेको छ। बोल्ट्सले […]

एनपीएल : तन्भिरले एनपीएल डेब्युमा ५ विकेट लिंदा चितवनद्वारा काठमाडौँ पराजित

नेपाल प्रिमियर लिग अन्तर्गत दोश्रो दिनको पहिलो खेलमा चितवन राइनोजले विजयी सुरुवात गर्दै काठमाडौँ गुर्खाजलाई ५ विकेटले पराजित गरेको छ। […]

नेपाल डिपि लिमिटेड र लुम्बिनी लायन्सबीच सम्झौता

नेपाल डिपि लिमिटेडले आगामी नेपाल प्रिमियर लिग २०८१ को लागि लुम्बिनी लायन्स फ्रेंचाइजसँग साझेदारी गरेको छ । नेपाल डिपि लिमिटेड […]

८ वर्षपछि एमपीएलको तेस्रो संस्करणको तयारी

मधेश प्रदेशमा मधेश प्रिमियर लिग (एमपीएल) तेस्रो संस्करणको क्रिकेट प्रतियोगिता आयोजना हुन लागेको छ । लिगको दोस्रो संस्करण भएको आठ […]