नामिबियाविरुद्ध नेपाल सम्भावित प्लेईङ-११

काठमाडौं । २०२७ मा दक्षिण अफ्रिका, जिम्बावे र नामिबियामा आयोजना हुने ओडिआई विश्वकपको छनोटको रुपमा रहेको विश्वकप लिग टू अन्तर्गतको पहिलो त्रिकोणत्मक सिरिज बिहीबारबाट नेपालमा आयोजना हुदैछ । सिरिजमा नेपाल, नामिबिया र नेदरल्यान्ड्सको सहभागीता रहनेछ । सिरिजमा हरेक टोली हरेकसँग दुई खेल खेल्नेछन् । यस त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नामिबियासँग खेल्दैछ । खेल बिहीबार बिहान सवा ९ मा सुरु हुनेछ ।

आठ राष्ट्रको सहभागीता रहने लिग टू सिरिजका शीर्ष चार टोलीले सिधै विश्वकप छनोट स्थान बनाउँने भएकोले यो खेल नेपालका लागि महत्वपुर्ण छ । जितका साथ सिरिजको सुरुआत गर्न नेपालले यस खेलमा आफ्नो बलियो प्लेईङ-११ मैदान उतार्ने छ । नेपालको सम्भावित प्लेईङ-११ यसप्रकारको हुनसक्छ :

नेपालका ओपनरमा कुशल भुर्तेल र आसिफ शेखले यस खेलमा पनि निरन्तरता पाउने सम्भावना रहेको छ । कुशलको आक्रामक सुरुआत र आसिफको सुझबुझपुर्ण ब्याटिङको अपेक्षा टोलीलाई रहनेछ । तेस्रो नम्बरमा भीम सार्कीले अवसर पाउने सम्भावना रहेको छ । भीमको क्रिजमा टिकेर रहने क्षमताको हरेक तर्फबाट तारिफ हुदै आएको छ । यस खेलमा पनि सोहि लयको अपेक्षा रहने छ ।

चौथो नम्बरमा देव खनालले मौका पाउँने सम्भावना छ । नेपालका नम्बर १ अलराउन्डर दीपेन्द्रसिंह ऐरी बिहीबारको खेलमा उपलब्ध नहुने हुँदा खनालले मौका पाउँने सम्भावना छ । खनालको ब्याटिङ क्षमता यू-१९ विश्वकप तथा क्यानडा सिरिजमा देखिसकेका छौं । दीपेन्द्रको अभावमा खनालबाट केही ओभर बलिङको समेत अपेक्षा टिमले राख्नेछ । पाँचौ नम्बरमा कप्तान रोहितकुमार पौडेलले आफ्नो स्थान बनाउँन सक्नेछन् । नेपालको ओडिआई ईतिहासका सर्वाधिक सफल ब्याटर पौडेलबाट केही ओभर बलिङको समेत आवश्यकता देखिन्छ ।

नेपालका लागि छैठौं नम्बरमा भने नेपाली ओडिआई क्रिकेटका खम्बा मानिने आरिफ शेखको सम्भावना रहेको छ । शेखले केही ओभर मिडियम पेस बलिङ समेत गर्न सक्छन् । शेखका धेरै महत्वपुर्ण ईनिङको सहयोगमा नेपाल हारबाट टाढा भएको छ । सातौं नम्बरमा अलराउण्डर कुशल मल्ल रहने सम्भावना छ । लामो लामो हिटका लागि चिनिने मल्ल राम्रा फिनिसर समेत हुन् । केही ओभर स्पिन बलिङ गर्न सक्ने मल्लको क्षमता समेत रहेको छ ।

आठौं नम्बरमा तिव्र गतिका बलर गुलसन झाले मौका पाउँने सम्भावना छ । यू-१९ विश्वकपमा सोचेअनुसारको प्रदर्शन गर्न नसकेका झाबाट टिमले राम्रो प्रदर्शनको अपेक्षा लिएको छ । नवौं नम्बरमा सोमपाल कामीले स्थान बनाउँने सम्भावना छ । तल्लो क्रममा रहेर राम्रो ब्याटिङको समेत क्षमता राख्ने कामीले फास्ट बलिङमा टोलीको नेतृत्व गर्ने छन् । दशौं नम्बरमा तिव्र गतिका अर्का बलर करण केसीले मौका पाउँने सम्भावना छ । पछिल्लो क्रमको ब्याटिङमा समेत केसीले योगदान दिनेछन् ।

नेपाली टोलीको एघारौं नम्बरमा देब्रे हाते स्पिनर ललितनारायण राजवंशी रहने सम्भावना रहेको छ । राजवंशीको प्रधानमन्त्री कपको प्रदर्शन तथा राष्ट्रिय टोलीबाट यस अघि हुदै आएको प्रदर्शन हेर्दा उनी टोलीमा पर्ने सम्भावना रहेको छ ।

नेपालको सम्भावित प्लेईङ-११ :

आसिफ शेख(विकेटकिपर), कुशल भुर्तेल, भीम सार्की, रोहित पौडेल(कप्तान), देव खनाल, आरिफ शेख, कुशल मल्ल, सोमपाल कामी, करण केसी, गुलशन झा, ललितनारायण राजवंशी ।





थप समाचार

सन्दीप लामिछाने बने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा लेग स्पीनर सन्दीप लामिछाने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर नियुक्त भएका […]

एनपीएल आयोजनाको तयारी अगाडि बढाउन प्रधानमन्त्री ओलीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले नेशनल प्रिमियर लिग (एनपिएल) को आयोजनाको तयारी अगाडि बढाउन राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई आग्रह गरेका छन् […]

टी–२० विश्वकप छनोट : नेपालको खेल तालिका सार्वजनिक

आगामी अक्टोबरमा ओमानमा आयोजना हुने आइसिसी पुरुष टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक क्षेत्रको संयुक्त छनोट प्रतियोगितामा नेपाल समूह २ […]

सातौँ सस्करणको सप्तरी प्रिमियर लिग सुरु, राजदेवी रोयल र खडक वारियर्स विजयी

सातौँ संस्करणको मेयर कप सप्तरी प्रिमियर लिग सप्तरीको राजविराजमा बिहिबार सुरु भएको छ। सप्तरी प्रिमियर लिगद्वारा आयोजित प्रतियोगिता अन्तर्गत पहिलो […]

अख्तियारको अनुसन्धान पूरा नभएसम्म एनपीएलको कुनै काम नगर्न क्यानलाई निर्देशन

नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करण आयोजनाको सम्बन्धमा छानबिन गर्न राष्ट्रिय खेलकुद परिषदबाट गठन भएको कार्यदलले नेपाल क्रिकेट संघ (क्यान) […]

एलपी आरसीबीलाई एसिसिए सिड क्रिकेट लिगको उपाधि

नेपालमा एसिसिए अध्ययनरत विद्यार्थी तथा पेशागत समुदायबीच आपसी सम्बन्ध, सहकार्य र खेल भावना प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित एसिसिए सिड क्रिकेट […]