प्रधानमन्त्री कप : एपिएएफको सुखद सुरुआत

२०८१ माघ १, मंगलवार १७:०४

काठमाडौं । विभागीय टोली एपिएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगितामा सुखद सुरुआत गरेको छ।

धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा मंगलबार भएको दिनको दोस्रो खेलमा एपिएफले कर्णाली प्रदेशलाई १११ रनले पराजित गरेको हो।

एएिफले दिएको १८३ रनको लक्ष्य पछ्याएको कर्णालीले २० ओभर सात विकेट गुमाउँदै ७१ रन मात्रै बनाउन सक्यो।

कर्णालीका लागि दिक्षा पुरीले १७ तथा गौरी बोहरा र रामा बुढाथोकीले समान १० रन बनाए।

एपिएफका लागि करुणा भण्डारीले तीन तथा रेखा रावल, सुमन विष्ट र विनु बुढाले समान एक विकेट लिए।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको एपिएफले निर्धारित २० ओभरमा एक विकेट गुमाउँदै १८२ रनको योगफल तयार पारेको थियो। एपिएफका लागि ममता चौधरीले ६६ बलमा १० चौकाको मद्नतले खविजित ७८ रनको योगदान गरिन्।

यसैगरी कप्तान इन्दु बर्माले ३४ बलमा सात चौकाको मद्दतले अविजित ५२ र राजमति ऐरीले २२ रन बनाए।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy