प्रधानमन्त्री कप : एपिएएफको सुखद सुरुआत

काठमाडौं । विभागीय टोली एपिएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगितामा सुखद सुरुआत गरेको छ।

धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा मंगलबार भएको दिनको दोस्रो खेलमा एपिएफले कर्णाली प्रदेशलाई १११ रनले पराजित गरेको हो।

एएिफले दिएको १८३ रनको लक्ष्य पछ्याएको कर्णालीले २० ओभर सात विकेट गुमाउँदै ७१ रन मात्रै बनाउन सक्यो।

कर्णालीका लागि दिक्षा पुरीले १७ तथा गौरी बोहरा र रामा बुढाथोकीले समान १० रन बनाए।

एपिएफका लागि करुणा भण्डारीले तीन तथा रेखा रावल, सुमन विष्ट र विनु बुढाले समान एक विकेट लिए।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको एपिएफले निर्धारित २० ओभरमा एक विकेट गुमाउँदै १८२ रनको योगफल तयार पारेको थियो। एपिएफका लागि ममता चौधरीले ६६ बलमा १० चौकाको मद्नतले खविजित ७८ रनको योगदान गरिन्।

यसैगरी कप्तान इन्दु बर्माले ३४ बलमा सात चौकाको मद्दतले अविजित ५२ र राजमति ऐरीले २२ रन बनाए।





थप समाचार

प्रधानमन्त्री कप भक्तपुर छनोट :हिमालय र बिएमसीए विजयी

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको भक्तपुर छनोट खेलमा हिमालय स्पोर्ट्स म्यानेजमेन्ट र बिएमसीए विजयी भएका छन्। मुलपानी मैदानमा जारि […]

एनकासा इन्टर फर्म क्रिकेट : सुब्र , केबिएसआर, अनिश र एपीए विजयी

१२ औं संस्करणको एनकासा इन्टर फर्म क्रिकेट प्रतियोगिता अन्तर्गत दोश्रो दिन सम्पन्न चारवटा खेलहरु सम्पन्न भएका छन्। ललितपुर स्थित पुल्चोक […]

डीएभीलाई अन्तर-स्कुल टि-२० क्रिकेटको उपाधि

काठमाडौँ, डिएभि सुशील केडिया विश्व भारतीय स्कुलले १६ औं सीओएएस अन्तर-स्कुल रनिंग टि-२० क्रिकेट प्रतियोगिता २०८१ को उपाधि जितेको छ। […]

इन्टर-फर्म क्रिकेट : एसएचए र केएएसए युपीबि युथ्स विजयी

१२ औं संस्करणको एनकासा इन्टर फर्म टी २० क्रिकेट प्रतियोगिता आइतबार सुरु भएको छ। ललितपुर स्थित पुल्चोक इन्जिनियरिङ मैदानमा आइतबार […]

प्रधानमन्त्री कप भक्तपुर छनोट : जनप्रेमी र हिमालयन विजयी

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको भक्तपुर छनोट खेलमा जनप्रेमी स्पोर्टस् क्लब र हिमालयन स्पोर्ट्स म्यानेजमेन्ट विजयी भएका छन्। मुलपानी […]

प्रधानमन्त्री कप भक्तपुर छनोट : पासा र बिसीसी विजयी

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको भक्तपुर छनोट खेलमा पासा क्रिकेट एकेडेमी र बिसीसी विजयी भएका छन् । मुलपानी मैदानमा […]