बेंगलूरुको लगातार पाँचौ जित, बेंगलूरुको प्लेअफ सम्भावना कायमै

काठमाडौं । दिल्ली क्यापिटल्सविरुद्ध जित दर्ता गर्दै रोयल च्यालेन्जर्स बेंगलूरुले लगातार पाँचौ जित निकालेको छ । यस जितसँगै बेंगलूरुले प्लेअफ सम्भावना कायम राखेको छ ।

घरेलु मैदानमा भएको खेलमा बेंगलूरुले ४७ रनको जित निकालेको हो ।

बेंगलूरुले दिएको १ सय ८८ रनको लक्ष्य पछ्याएको दिल्ली १९ दशमलब १ ओभरमा अल आउट हुँदै १ सय ४० रन मात्र जोड्न सक्यो ।

दिल्लीका लागि कप्तान अक्षर पटेलले ३९ बलमा ५ चौका र ३ छक्का सहित सर्वाधिक ५७ रनको अर्धशतकीय ईनिङ खेले । यस्तै साई होपले २३ बलमा २९ र जेक फ्रेजर-मक्गर्कले ८ बलमा २१ रन जोडे ।

ेंगलूरुका लागि यश दयालले ३ विकेट तथा लोकी फर्गुसनले २ विकेट लिए । स्वप्निल सिंह, मोहम्मद सिराज र क्यामरन ग्रीनले समान १/१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बेंगलूरुले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ८७ रन बनायो ।

बेंगलूरुका लागि रजत पतिदरले ३२ बलमा ३ चौका र ३ छक्का सहित ५२ रनको अर्धशतकीय ईनिङ खेले । यस्तै विल ज्याक्सले २९ बलमा ४१ तथा क्यामरुन ग्रीनले ३२ रन बनाए ।

दिल्लीका खलिल अहमद र रशिख सलामले २/२ विकेट लिए भने इशान्त शर्मा, मुकेश कुमार र कुलदीप यादवले समान १/१ विकेट लिए ।

जित पछि पाँचौं स्थानमा उक्लिएको बेंगलूरुको १३ खेलमा १२ अंक भएको छ । पराजित दिल्लीको भने प्लेअफ पुग्ने सम्भावना कमजोर बनेको छ ।





थप समाचार

यु-१९ विश्वकप : नेपाल अस्ट्रेलियासँग पनि पराजित

काठमाडौं । मलेसियामा जारी आइसिसी यु-१९ टी-२० विश्वकप अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल अस्ट्रेलियासँग ८३ रनले पराजित भएको […]

अस्ट्रेलियाले दियो १४० रनको लक्ष्य

काठमाडौं। आइसिसी यु–१९ विश्वकपअन्तर्गत नेपाललाई अस्ट्रेलियाले १४० को विशाल लक्ष्य दिएको छ। वाइएसडी युकेएम क्रिकेट ओभलमा टस जितेर पहिला ब्याटिङ […]

नेपालले अस्ट्रेलियाविरुद्ध फिल्डिङ गर्दै

काठमाडौं। आइसिसी यु–१९ विश्वकपअन्तर्गत जित्नै पर्ने खेलमा नेपालले अस्ट्रेलियाविरुद्ध पहिला बलिङ गर्ने भएको छ। मलेसियाको वाइएसडी युकेएम क्रिकेट ओभलमा अस्ट्रेलियाकी […]

अस्ट्रेलियाको सामना गर्दै नेपाल

काठमाडौं । आइसिसी महिला यु–१९ विश्वकपमा समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले अस्ट्रेलियाको सामना गदैछ। समूह ‘डी’ अन्तर्गतको खेल मलेसियाको […]

अर्जुन ट्रफीः अत्तरियाबाट चार जना राष्ट्रिय खेलाडी

धनगढीमा हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कैलालीको सिवाईसी अत्तरियाले चार जना राष्ट्रिय खेलाडी अनुबन्ध गरेको छ। गो ड्रिमर्सको […]

अर्जुन ट्रफीका लागि घोडाघोडी–११ को टीम घोषणा

क्रिकेटको शहर धनगढीमा आगामी माघ १९ गतेदेखि २८ गते (फेब्ररी १ देखि १०) सम्म आयोजना हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट […]