यू-१९ विश्वकप : नेपाल र बंगलादेशको हेड टु हेड

काठमाडौं । दक्षिण अफ्रिकामा जारी रहेको यू-१९ विश्वकपको पहिलो सुपर सिक्सको खेलमा नेपालले बुधबार बंगलादेशको सामना गर्दै छ ।

नेपाल र बंगलादेशबीचको खेल नेपाली समयअनुसार दिउँसो पौने २ मा माङगोङ ओभलमा सुरु हुदैछ ।

नेपाल र बंगलादेशबीच यु-१९ विश्वकपमा अहिलेसम्म दुई पटक भेट भएको छ । एक खेल नेपालले जित्दा एक खेल बंगलादेशले जितेको छ ।

२००२ मा न्युजिल्याण्डमा भएको विश्वकपमा नेपालले बंगलादेशलाई २३ रनले पराजित गरेको थियो । पहिले ब्याटिङ गरेको नेपालले ६ विकेट गुमाएर १ सय ६० रन बनाएको थियो । नेपालका लागि बासुदेव थापाले ५२ बलमा ४१ तथा मन्जित श्रेष्ठले २४ बलमा २७ रन बनाएका थिए ।

१ सय ६१ रनको लक्ष्य पछ्याएको बंगलादेश ४७ दशमलब ३ ओभरमा १ सय ५७ रनमा अल आउट भएको थियो । नेपालका लागि बरदान चालिसेले चार तथा विनोद दासले दुई विकेट लिएका थिए ।

२०१६ को विश्वकपमा नेपालले पछिल्लो पटक बंगलादेशसँग खेलेको थियो । घरमा नै आयोजना भएको विश्वकपमा बंगलादेश ६ विकेटले विजयी भएको थियो । सो खेलमा पहिले ब्याटिङ गरेको नेपालले ९ विकेट गुमाएर २ सय ११ रन बनाएको थियो । नेपालका लागि राजु रिजालले ८० बलमा ७२ तथा सुनिल धमलाले ६२ बलमा २५ रन बनाएका थिए ।

२ सय १२ रनको लक्ष्य बंगलादेशले १० बल अगाबै ४ विकेट गुमाएर पूरा गरेका थियो । नेपालका लागि सुनिल धमलाले दुई तथा सन्दीप लामिछानेले एक विकेट लिएका थिए ।

विश्वकपमा मिश्रीत नतिजा ल्याएको नेपालले एसिया कपमा भने बंगलादेशसँग शतप्रतिशत हार ब्यहोरेको छ । यु-१९ एसिया कपमा नेपाल र बंगलादेशबीच तीन भेट भएकोमा तीनैमा नेपाल पराजित भएको छ ।





थप समाचार

अख्तियारको अनुसन्धान पूरा नभएसम्म एनपीएलको कुनै काम नगर्न क्यानलाई निर्देशन

नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करण आयोजनाको सम्बन्धमा छानबिन गर्न राष्ट्रिय खेलकुद परिषदबाट गठन भएको कार्यदलले नेपाल क्रिकेट संघ (क्यान) […]

एलपी आरसीबीलाई एसिसिए सिड क्रिकेट लिगको उपाधि

नेपालमा एसिसिए अध्ययनरत विद्यार्थी तथा पेशागत समुदायबीच आपसी सम्बन्ध, सहकार्य र खेल भावना प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित एसिसिए सिड क्रिकेट […]

नेपाल स्ट्रिट प्रिमियर लिग हुदै , अभिनेता निखिल उप्रेती ब्राण्ड एम्बेसेडर

डीजीआर स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लि को आयोजनामा नेपालको सबैभन्दा ठूलो टेनिस बलको टि-१० क्रिकेट प्रतियोगिता नेपाल स्ट्रिट प्रिमियर लिग […]

काठमाडौँ क्रिकेट एकेडेमीद्वारा यु-१६ राष्ट्रिय क्रिकेटर अभय यादव सम्मानित, पूर्ण छात्रवृत्तिको घोषणा

काठमाडौँ — मलेसियामा सम्पन्न एसीसी यु-१६ इस्ट जोन कप विजेता नेपाली यु-१६ टिमका सदस्य अभय यादवलाई काठमाडौँ क्रिकेट एकेडेमीले सोमबार […]

इन्दु युनिभर्सल कलेजको ब्रान्ड एम्बासड

काठमाडौं। मैतिदेवीमा रहेको युनिभर्सल कलेजले नेपाली राष्ट्रिय महिला क्रिकेट कप्तान इन्दु बर्मालाई ब्रान्ड एम्बासडमा नियुक्त गरेको छ। यसैगरी उनी कक्षा […]

असर २९ देखि सिटि सिप इन्डोर क्रिकेट च्याम्पियनसिप 

यही असार २९ देखि ३२ गतेसम्म सिटि सिप इन्डोर क्रिकेट च्याम्पियनसिपको पहिलो संस्करण आयोजना हुने भएको छ। नेक्सोभा स्पोर्ट्स प्रालिको […]