अर्जुन चम्कँदा एपीएफमाथि कर्णालीको शानदार जित

काठमाडौं । मध्येक्रमका ब्याटर अर्जुन घर्ती चम्कँदा कर्णाली प्रदेशले नेपाल एपीएफ क्लबलाई हराएको छ ।

विराटनगरमा जारी कोशी प्रदेश राष्ट्रिय टी-ट्वान्टी च्याम्पियनसिपमा कर्णालीले एपीएफमाथि ५१ रनको फराकिलो जित निकालेको हो ।

कर्णालीले दिएको १ सय ६६ रनको लक्ष्य पछ्याएको एपीएफले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय १४ रन मात्र बनाउँन सक्यो ।

एपीएफका लागि अमरसिंह राउटेलाले ३७ बलमा अविजित ३७ रन बनाए । विकेटकिपर हिमाशुं दत्त २५ रनमा अविजित रहे । पुरन विकले १८ तथा अरुन ऐरीले ११ रन बनाए ।

कर्णालीका लागि दीपेन्द्र रावत र कप्तान रविन्द्र शाहीले समान २२ तथा प्रकाश जैशीले १ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ६५ रन बनाएको थियो ।

कर्णालीका लागि अर्जुन घर्तीले ३४ बलमा ५५ तथा विपीन रावलले ३६ बलमा ४२ रन बनाए ।

एपीएफका लागि इर्शाद अहमद, रमेश कुर्मी, चन्दन राम अमरसिंह राउटेला र भुवन कार्कीले समान १/१ विकेट लिए ।





थप समाचार

विश्वकपमा नेपालको खेलतालिका यस्तो छ

काठमाडौं । नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० नवौं संस्करणको विश्वकपमा सहभागीता जनाउदै छ […]

नेपाललाई हराउँदै वेस्ट इन्डिजलाई सिरिज

काठमाडौं । नेपाललाई हराउँदै वेस्ट इन्डिज ए ले पाँच खेलको टी-२० सिरिजको चौथो खेलमा जित निकालेको छ । टियु क्रिकेट […]

सिरिज बराबरी गर्न नेपाललाई २१० रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको सिरिजमा २-२ को बराबरी गर्न नेपालले २ सय १० रनको लक्ष्य पाएको […]

नेपालले टस हार्यो, टोलीमा आठ परिवर्तन

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको टी-२० सिरिजको चौथो खेलमा नेपालले टस हारेको छ । वेस्ट इन्डिज ए […]

विश्वकपका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० विश्वकपका लागि क्यानडाको टोली घोषणा भएको छ […]

वेस्ट इन्डिज ए सँग चौथो खेल खेल्दै नेपाल

काठमाडौं । नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिज ए र नेपालको सिनियर राष्ट्रिय टोलीबीचमा जारी पाँच खेलको टी-२० सिरिजको चौथो खेल […]