आयरल्यान्ड ‘ए’ र नेपाल ‘ए’ बीचको टी-ट्वान्टी सिरिजको खेलतालिका परिवर्तन

काठमाडौं । नेपाल भ्रमणमा रहेको आयरल्यान्ड ए को नेपाल ‘ए’ सँगको टी-ट्वान्टी सिरिजको खेलतालिका परिवर्तन भएको छ।

नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बीचको तीन खेलको टी-ट्वान्टी सिरिजको खेल तालिका परिवर्तन गरेको हो ।

पूर्वनिर्धारित तालिकाअनुसार तीन खेलको टी-ट्वान्टी सिरिजको पहिलो खेल बिहीबारको लागि तय थियो । तर, बुधबार रातिदेखिको वर्षाका कारण खेल रद्द भएको थियो ।

नयाँ तालिका अनुसार चैत १६, १७ र १८ गते नेपाल र आयरल्यान्डले टी-ट्वान्टी सिरिज खेल्ने छ।

लगत्तै दुवै बीच तीन खेलको एकदिवसीय सिरिज शुरू हुने छ। उक्त सिरिज चैत २०, २२ र २४ गते हुनेछ। एकदिवसीय सिरिज भने पुर्वनिर्धारित मितीमा हुनेछ ।





थप समाचार

राजस्थानको लगातार चौथो जित, राजस्थानको प्लेअफ सम्भावना बलियो

काठमाडौं । जारी १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल)मा राजस्थान रोयल्सले लगातार चौथो जित निकाल्दै शीर्ष चारमा रहदै प्लेअफमा स्थान […]

दिल्लीद्वारा मुम्बई पराजित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल)को ४३ औं खेलमा दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्सलाई पराजित गरेको छ । घरेलु […]

रोहितको शतकमा नेपालको जित

काठमाडौं । कप्तान रोहितकुमार पौडेलको शतकको सहयोगमा नेपालले वेस्ट इन्डिज ए सँगको पाँच खेलको टी-२० सिरिजको पहिलो खेलमा जितेको छ […]

नेपालले पायो २०५ रनको लक्ष्य

काठमाडौं । नेपालले वेस्ट इन्डिज ए सँगको पाँच खेलको टी२० सिरिजको पहिलो खेलमा २ सय ५ रनको लक्ष्य पाएको छ […]

नेपालले टस जित्यो, अनिल खेल्दै

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको टी-२० सिरिजको पहिलो खेलमा नेपालले टस जितेको छ । नेपालका कप्तान रोहितकुमार […]

नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिज आजबाट

काठमाडौं । नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिज ए ले नेपालको सिनियर राष्ट्रिय टोलीसँग पाँच खेलको टी२० सिरिज आजबाट सुरु गर्दैछ […]