आयरल्यान्ड वुल्भ्स र नेपाल ए बीचको एकदिवसीय सिरिज आजबाट

काठमाडौं । नेपाल भ्रमणमा रहेको आयरल्यान्ड वल्भ्स र नेपाल ए बीचको तीन खेलको एकदिवसीय सिरिज आजबाट सुरु हुदै छ ।

सिरिजको पहिलो खेल आज (बुधबार) हुदैछ । खेल टियु क्रिकेट मैदान कीर्तिपुरमा बिहान साढे ९ बजेबाट सुरु हुदै छ ।

सोमबार सम्पन्न तीन खेलको टी-ट्वान्टी सिरिज भने वुल्भ्सले २-१ ले जितेको थियो ।

एकदिवसीय सिरिजका लागि आयरल्यान्डले टी-ट्वान्टी खेलकै टाेली खेलाउँदा नेपाली टोलीमा भने केही परिवर्तन भएको छ । नेपाली टोलीमा भीम सार्की, अर्जुन साउद, अर्जुन कुमाल, रिजन ढकाल जस्ता खेलाडी थपिने छन् । नेपाली कप्तानमा भने विनोद भन्डारीको निरन्तरता रहेको छ ।

सिरिज अन्तर्गतको दोस्रो खेल शुक्रबार र तेस्रो तथा अन्तिम खेल आईतबार हुनेछ ।

नेपाली टोली

विनोद भण्डारी(कप्तान), अर्जुन कुमाल, देव खनाल, नरेन भट्ट, भीम सार्की, अर्जुन साउद, आरिफ शेख, बसिर अहमद, कमलसिंह ऐरी, रन्जित कुमार, साहाब आलम, रुपेश सिंह, रिजन ढकाल, विकाश आग्री, मौषम ढकाल ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy