आरिफको अर्धशतकमा आयरल्यान्ड वुल्भ्सलाई २१४ रनको लक्ष्य

काठमाडौं । आरिफ शेखको अर्धशतकको सहयोगमा नेपाल ए ले आयरल्यान्ड वुल्भ्सलाई २१४ रनको लक्ष्य दिएको छ ।

तेस्रो तथा अन्तिम टी-ट्वान्टी खेलमा आयरल्यान्ड वुल्भ्सलाई ले २ सय १४ रनको लक्ष्य पाएको छ ।

टियु क्रिकेट मैदान कीर्तिपुरमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय १३ रन बनायो ।

नेपालका लागि आरिफ शेखले ४८ बलमा ७ चौका र ६ छक्काको सहयोगमा अविजित ९३ रनको अर्धशतकीय ईनिङ खेले । राशिद खानले १३ बलमा ३ छक्काको सहयोगमा २६ तथा बसिर अहमदले २१ बलमा १९ रन बनाए । कमलसिंह ऐरीले ७ बलमा २ चौका र १ छक्काको सहयोगमा अविजित १९ तथा पवन सर्राफले १२ बलमा १३ रन बनाए ।

नेपालले अन्तिम ५ ओभरमा १  विकेट गुमाएर ८४ रन बनाएको थियो ।





थप समाचार

सम्झनाको अर्धशतकमा सुदुरको लगातार दोस्रो जित

काठमाडौं । सम्झना खड्काको अर्धशतकको सहयोगमा सुदुरपश्चिम प्रदेशले राजधानीमा जारी ललितपुर मेयर्स कपको पाँचौ खेलमा कोशी प्रदेशलाई पराजित गर्दै लगातार […]

नेपालसँग खेल्ने नेदरल्यान्ड्सको टोली घोषणा

काठमाडौं । आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० विश्वकपमा नेपाल रहेको समूहमा रहेको नेदरल्यान्ड्सले आफ्नो […]

सम्झनाको अर्धशतकमा कोशीलाई १ सय १३ रनको लक्ष्य

काठमाडौं । सम्झना खड्काको अर्धशतकको सहयोगमा सुदुरपश्चिम प्रदेशले राजधानीमा जारी ललितपुर मेयर्स कपको पाँचौ खेलमा कोशी प्रदेशलाई जितका लागि १ […]

एपीएफको लगातार दोस्रो जित, बागमतीको लगातार दोस्रो हार

काठमाडौं । ललितपुर मेयर कपमा विभागीय टोली नेपाल एपीएफ क्लबले लगातार दोस्रो जित हात पार्दा बागमती प्रदेशले लगातार दोस्रो हार […]

बेंगलूरुको लगातार पाँचौ जित, बेंगलूरुको प्लेअफ सम्भावना कायमै

काठमाडौं । दिल्ली क्यापिटल्सविरुद्ध जित दर्ता गर्दै रोयल च्यालेन्जर्स बेंगलूरुले लगातार पाँचौ जित निकालेको छ । यस जितसँगै बेंगलूरुले प्लेअफ […]

मोक्षदालाई हराउँदै सैनिक आवासीय च्याम्पियन

काठमाडौं । मोक्षदा स्कुललाई पराजित गरी सैनिक आवासीय महाविद्यालय जयकुमार नाथ शाह स्मृति यु-१६ टी-२० अन्तर विद्यालय क्रिकेट प्रतियोगिताको च्याम्पियन […]