एनपिएल – काठमाडौंको लोगो र नाम घोषणा

२०८१ आश्विन १५, मंगलवार १०:०२

नेपाल प्रिमियर लिग (एनपिएल) को सहभागी टोली काठमाडौंले आफ्नो नाम र लोगो घोषणा गरेको छ ।

काठमाडौंले मंगलवार सामाजिक सन्जालमार्फत नाम र लोगोको घोषणा गरेको हो । टिमको नयाँ नाम काठमाडौं गोर्खाज रहनेछ ।

काठमाडौंको मार्की खेलाडीका रुपमा राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर करण केसी रहेका छन्। काठमाडौंको स्वामित्व कान्तिपुर पब्लिकेशन प्रालिसँग रहेको छ ।

नेपाल क्रिकेट संघ (क्यान) को‌ आयोजनामा ८ टोलीको सहभागितामा‌ मंसिर १६ गतेदेखि पुस ६ गतेसम्म पहिलो संस्करणको एनपिएल हुनेछ । सहभागी ८ टोलीको मार्की खेलाडीको‌ टुंगो लागिसकेको छ ।

 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy