एसीसी प्रिमियर कप : फाइनल प्रवेशका लागि नेपाल र युएई भिड्दै

काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कपको फाइनल प्रवेशका लागि आज शुक्रबार नेपाल र युएईबीच सेमिफाइनल खेल हुदैछ ।

एसोसिएट क्रिकेटको ईएल क्लासिको भिडन्त रुपमा रहेको यो खेल नेपाली समय अनुसार शुक्रबार पौने १२ मा सुरु हुनेछ ।

नेपाल समूह ए को विजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको भने युएई समुह बी को उप विजेता बनेको थियो ।

टी-२० आईको ईतिहासमा नेपाल र युएईबीच नौ पटक खेल भएकोमा पाँच खेलमा नेपाल विजयी हुँदा चार खेलमा युएईको पक्षमा नतिजा गएको छ । पछिल्लो पाँच भेटमा नेपालको पक्षमा तीन खेल र युएईको पक्षमा दुई खेल रहेको छ ।

दोस्रो सेमिफाइनलमा समूह बी को विजेता ओमान तथा समूह ए को उपविजेता हङकङबीच खेल हुनेछ । दोस्रो सेमिफाइनल खेल पनि शुक्रबार नै हुनेछ । दुवै सेमिफाइनलका विजेताबीच आइतबार फाइनलमा प्रतिस्पर्धा हुनेछ । फाइनलको विजेता टोलीले एसिया कप २०२५ मा स्थान बनाउने छ ।

नेपाल एसीसी प्रिमियर कपको डिफेन्डिङ च्याम्पियन समेत हो । गतवर्ष युएईलाई पराजित गर्दै नेपाल प्रिमियर कपको च्याम्पियन भएको थियो । दोस्रो संस्करणको प्रिमियर कप जारी रहँदा नेपाल मात्र अपराजित रहने राष्ट्र हो ।

नेपाली टोली

रोहितकुमार पौडेल(कप्तान), कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, सन्दीप जोरा, विवेक यादव, गुलसन झा, अनिल शाह, दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी, प्रतिश जिसी, करण केसी, सोमपाल कामी, अभिनास बाहोरा ।





थप समाचार

विश्वकपका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० विश्वकपका लागि क्यानडाको टोली घोषणा भएको छ […]

वेस्ट इन्डिज ए सँग चौथो खेल खेल्दै नेपाल

काठमाडौं । नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिज ए र नेपालको सिनियर राष्ट्रिय टोलीबीचमा जारी पाँच खेलको टी-२० सिरिजको चौथो खेल […]

चेन्नईमाथि पञ्जाबको जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को ४९ औं खेलमा चेन्नई सुपर किंग्समाथि पञ्जाब किंग्सले जित निकालेको […]

गायकवाडको अर्धशतकमा चेन्नईले पञ्जाबलाई दियो १६३ रनको लक्ष्य

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को ४९ औं खेलमा कप्तान ऋतुराज गायकवाडको अर्धशतकको सहयोगमा चेन्नई सुपर […]

विश्वकपका लागि नेपाली टोलीको घोषणा

काठमाडौं । आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० विश्वकपका लागि नेपाली टोलीको घोषणा भएको छ […]

अकिवको कप्तानीमा ओमानको टोली घोषणा

काठमाडौं । अलराउन्डर अकिव इलियाल्सको कप्तानीमा ओमानले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० विश्वकपका लागी […]