एस्टविक बलिङ सल्लाहकारमा नियुक्त

२०८० चैत्र २५, आईतवार १९:१८

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा रोड्रिका स्टविकलाई नियुक्त गरेको छ ।

क्यानले विज्ञप्ति जारी गर्दै एस्टविकको नियुक्तिबारे जानकारी दिएको हो । बार्बाडोसका तीव्र गतिका बलर एस्टविकले ३७ प्रथम श्रेणी र ४२ लिस्ट ए खेल खेलेका छन् ।

एस्टविकले वेस्ट इन्डिजको सिनियर टोलीको बलिङ प्रशिक्षकको रुपमा पनि काम गरेका छन् । उनले सन् २०१६ देखि २०२२ मा पटक पटक वेस्ट इन्डिजको जिम्मेवारी सम्हालेका थिए ।

‘नेपाली क्रिकेटसँग काम गर्ने अवसर पाउँदा गर्वको अनुभव गरेको छु । मैले वेस्ट इन्डिजको टोलीसँग बटुलेको अनुभव साट्नेछु । मैले नेपाली क्रिकेटको विकास र उदय हेरिरहेको छु । मैले आफ्नो तर्फबाट सकेको योगदान गर्नेछु,’ एस्टविकले भने ।

सचिव पारस खड्काले विश्वकप तयारीमा तथा विश्वकपका लागि त्यहाँको अवस्था बारेमा उनले जानकारी राख्ने भएकाले सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy