कर्णालीलाई हराउँदै आर्मी च्याम्पियन

२०८० चैत्र ३, शनिबार १६:४६

काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लब विराटनगरमा जारी कोशी प्रदेश राष्ट्रिय टी-ट्वान्टी च्याम्पियनसिपको उपाधीका जित्न सफल भएको छ ।

आज भएको फाइनल खेलमा कर्णाली प्रदेशलाई पराजित गरि आर्मी च्याम्पियन भएको हो ।

आर्मीले कर्णाली माथि ९ विकेटको फराकिलो जित निकालेको हो ।

कर्णालीले दिएको १ सय ११ रनको लक्ष्य आर्मी १२ दशमलब २ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो ।

आर्मीको जितमा तृत राज दासले ३३ बलमा ५ चौका र २ छक्काको सहयोगमा अविजित ५० रनको अर्धशतकीय ईनिङ खेले । इम्रान शेखले ३० बलमा ३८ तथा सन्तोष कार्कीले ११ बलमा २१ रन बनाए ।

कर्णालीका दिनेश अधिकारीले १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले १ सय १० रनमा अल आउट भएको थियो ।

कर्णालीका लागि विपिन रावलले २४ बलमा २७ तथा कप्तान रविन्द्र शाही तथा मनिष थापाले समान २१/२१ रन बनाए ।

आर्मीका लागि सुमित श्रेष्ठ, साहब आलम, बसिर अहमद र तृत राज दासले समान २/२ विकेट लिए ।

प्रतियोगितामा सात प्रदेश तथा तीन विभागीय टोलीको सहभागीता रहेको थियो ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy