कुवेतलाई हराउँदै नेपाल सेमिफाइनलमा, फाइनल प्रवेशका लागि मलेसियासँग खेल्ने

काठमाडौं । नेपालले मलेसियामा जारी एसीसी महिला प्रिमियर कपको सेमिफाइनलमा स्थान बनाएको छ । सेमिफाइनलमा स्थान बनाउँने क्रममा नेपालले कुवेतलाई पराजित गरेको हो ।

मलेसियाको बांगीमा नेपालले कुवेतलाई ८ विकेटले पराजित गरेको हो । नेपालले शुक्रबार मलेसियासँग फाइनल प्रवेशका लागि खेल्नेछ । बुधबार नै भएकाे अर्काे क्वाटरफाइनलमा जापानलाइ पराजित गर्दै मलेसियाले सेमिफाइनलमा स्थान बनाएकाे हाे ।

शुक्रबार मलेसियालाई पराजित गरेमा नेपाल पहिलो पटक एसिया कपका लागि छनोट हुनेछ ।

कुवेतले ७४ रनको लक्ष्य दिएको भएपनि वर्षाका कारण नेपाललाई १२ ओभरमा ५० रनको नयाँ लक्ष्य मिलेको थियो । ५० रनको लक्ष्य नेपालले ६ दशमलब ५ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो ।

नेपालका लागि कप्तान ईन्दु बर्माले २१ बलमा अविजित २२ तथा सीता राना मगरले १५ बलमा १७ रन बनाईन् । सीता र ईन्दुले दोस्रो विकेटका लागि ३४ बलमा ४० रनको साझेदारी गरे । कविता जाेशी ४ रनमा अविजित रहिन् ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कुवेतले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ७३ रन बनाएकाे थियाे ।

कुवेतका लागि ओपनर प्रियन्दा मुरलीले ३३ बलमा २९ तथा शान्थी बालासुप्रमन्यम र खादिजा खालिलले समान १३/१३ रन बनाए । कुवेतका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालका लागि सीता रानामगरले ह्याट्रिक सहित तीन तथा रुबिना क्षेत्री र कविता कुँवरले समान दुई दुई विकेट लिए ।

नेपालले समूह चरणको पहिलो खेलमा हङकङलाई तथा दोस्रो खेलमा भुटानमाथि समान आठ आठ विकेटले र तेस्रो खेलमा माल्दिभ्सलाई २ सय १४ रनले हराएको थियो ।

प्रतियोगिताको फाइनल पुग्ने दुई टोलीले एसिया कपमा स्थान बनाउँने छन् । शुक्रबार प्रतियोगिताको सेमिफाइनल खेल हुनेछ ।





थप समाचार

कृतिका चम्कँदा बागमतीमाथि ललितपुरको सहज जित

काठमाडौं । ललितपुर मेयर्स कपको पहिलो खेलमा स्पिनर कृतिका मरासिनी चम्कँदा ललितपुर मेयर्स एघारले बागमती प्रदेशमाथि सहज जित निकालेको छ […]

कृतिका चम्कँदा बागमती ५२ रनमा अल आउट

काठमाडौं । ललितपुर मेयर्स कपको पहिलो खेलमा स्पिनर कृतिका मरासिनी चम्कँदा ललितपुर मेयर्स एघारले बागमती प्रदेशलाई ५३ रनको लक्ष्य दिएको […]

ललितपुर मेयर्स कप आजबाट, बागमती र ललितपुर खेल्दै

काठमाडौं । ललितपुर मेयर्स कप महिला क्रिकेट प्रतियोगिता आज (शनिबार) बाट सुरु हुदैछ । प्रतियोगिताको उद्घाटन खेलमा बागमती प्रदेश र […]

वाइड र नो-बल बिनाको त्यो विश्वकप …

काठमाडौं । नेपालले दश बर्ष पछि आगामी महिना वेस्ट इन्डिज र अमेरिकामा संयुक्त रुपमा आयोजना हुने टि-२० विश्वकप खेल्दैछ । […]

चेन्नईमाथि गुजरातको सहज जित

काठमाडौं । ओपनर शुभमन गिल तथा साई सुदर्शनको शतकको सहयोगमा १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को ५९ औं […]

गिल र सुदर्शनको शतकमा चेन्नईलाई २३२ रनको लक्ष्य

काठमाडौं । ओपनर शुभमन गिल तथा साई सुदर्शनको शतकको सहयोगमा १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को ५९ औं […]