कोशीमाथि बागमतीको रोमान्चक जित

काठमाडौं । काठमाडौं जारी वीर गणेशमान सिंह राष्ट्रिय टी-२० च्याम्पियनशिप अन्तर्गत चौथो दिनको पहिलो खेलमा बागमती प्रदेशले रोमाञ्चक जित दर्ता गरेको छ।

अन्तिम ओभरसम्म पुगेको खेलमा बागमती प्रदेशले कोशी प्रदेशलाई ७ रनको अन्तरले पराजित गर्दै प्रतियोगिताको दोस्रो जित हात पार्यो। कोशी प्रदेश भने आफ्नो पहिलो खेलमा पराजित हुन पुगेको हो।

टस हारेर पहिले ब्याटिंगको निम्तो पाएको बागमती प्रदेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३८ रन बनाएको थियो।

लगातार अन्तरालमा विकेट गुमाएको बागमती प्रदेशले साझेदारी बनाउन नसक्दा ब्याटिंगमा जुझ्नु परेको थियो।

बागमतीका लागि ईशान पाण्डेले सर्वाधिक ३१ तथा सोनु देवकोटाले ३० रनको योगदान गरे। यस्तै गौतम केसी र रबिन जोशीले समेत समान १३/१३ रन बनाएका थिए।

कोशी प्रदेशको बलिङ्ग तर्फ सर्वन यादवले ३ विकेट तथा ज्ञानेन्द्र श्रेष्ठले २ विकेट हात पारे।

जवाफमा १३९ रनको बिजयी लक्ष्य लिएर मैदान उत्रिएको कोशीले सानदार सुरुवात गरेको थियो। कप्तान अंकित सुवेदी र मिनस थापाले पहिलो विकेटको लागि ५३ रनको साझेदारी गर्दै कोशीलाई राम्रो सुरुवात दिएका थिए।

३६ रन बनाएका अंकित र ११ रन बनाएका मिनास गरि दुवै ओपनरको विकेट पश्चात केहि समस्यामा आएको कोशी प्रदेशलाई चेजमा कायम राख्न सुजन थपलिया र सोनु अन्सारीले तेस्रो विकेटका लागी २७ रनको साझेदारी गरे।

ईशान पाण्डेले सोनुको विकेट प्राप्त गरे पश्चात ब्याटिङ्ग गर्न आएका फिर्दोश अन्सारीले सुजनसंग साझेदारी गर्दै कोशीको इनिंगलाई अघि बढाए। १४औं ओभरको अन्तिम दुई बलमा सुबास खत्रीले लगातार २ विकेट लिंदै बागमतीलाई खेलमा फर्काएका थिए।

कोशीलाई जितसम्म पुर्याउन सुजन थपलियाले एक एण्डबाट लगातार प्रयास गरे। यद्यपि १७ औं ओभरको तेस्रो बलमा ३२ रन बनाएका सुजनलाई सुभ कंसाकारले पभेलियन फर्काए पश्चात बागमती खेलमा हावी बन्यो।

४ विकेट बाँकी रहंदा २० रन आवश्यक रहेको अवस्थामा बागमतीका रिजन ढकालले १८ औं ओभरमा २ विकेट तथा राम नरेश गिरिले १९ औं ओभरमा १ विकेट लिएपछि कोशी समस्यामा आएको थियो। अन्तिम ओभरमा रिजनले शर्वन किस्कुको विकेट लिंदै बागमतीलाई रोमाञ्चक खेलमा जित दिलाए।

खेलको प्लेयर अफ दि म्याच बागमतीका ईशान पाण्डे चुनिए। प्रतियोगिता अन्तर्गत आजको दोस्रो खेलमा कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेश भिड्दै छन्।





थप समाचार

चेन्नईमाथि पञ्जाबको जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को ४९ औं खेलमा चेन्नई सुपर किंग्समाथि पञ्जाब किंग्सले जित निकालेको […]

गायकवाडको अर्धशतकमा चेन्नईले पञ्जाबलाई दियो १६३ रनको लक्ष्य

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को ४९ औं खेलमा कप्तान ऋतुराज गायकवाडको अर्धशतकको सहयोगमा चेन्नई सुपर […]

विश्वकपका लागि नेपाली टोलीको घोषणा

काठमाडौं । आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० विश्वकपका लागि नेपाली टोलीको घोषणा भएको छ […]

अकिवको कप्तानीमा ओमानको टोली घोषणा

काठमाडौं । अलराउन्डर अकिव इलियाल्सको कप्तानीमा ओमानले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० विश्वकपका लागी […]

चार्ल्सको शतकमा नेपाल पराजित

काठमाडौं । ओपनर जोनसन चार्ल्सको शतकको सहयोगमा पाँच खेलको टी-२० सिरिजको तेस्रो खेलमा नेपाल वेस्ट इन्डिज ए सँग पराजित भएको […]

चार्ल्सको शतकमा नेपाललाई २२८ रनको लक्ष्य

काठमाडौं । ओपनर जोनसन चार्ल्सको शतकको सहयोगमा पाँच खेलको टी-२० सिरिजको तेस्रो खेलमा नेपालले वेस्ट इन्डिज ए बाट २ सय […]