काठमाडौं । विश्वकप लिग टू को अंक तालिकामा क्यानडाले नेपाललाई पछि पारेको छ । युएईमा आजबाट सुरु युएई, क्यानडा र स्कटल्यान्ड सम्मिलित त्रिकोणात्मक सिरिजको पहिलो खेलमा घरेलु टोलीलाई क्यानडाले पराजित गरेको हो ।
जितसँगै नेपालसँग समान २ अंक भए पनि रनरेटमा नेपाललाई पछि पार्न क्यानडा सफल भएको हो । आठ राष्ट्र सहभागी लिग टू को अंक तालिकामा नेपाल चौथो स्थानमा झर्दा क्यानडाले तेस्रो स्थान लिन सफल भएको छ ।
यस खेलमा घरेलु टोलीलाई क्यानडाले ३ विकेटले पराजित गरेको हो । तालिकाको पहिलो स्थानमा ६ अंक सहित नामिबिया रहँदा दोस्रो स्थानमा ४ अंकका साथ नेदरल्यान्ड्स रहेको छ ।
